एमाले उपाध्यक्ष ज्ञवालीको भनाइ राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्नुपर्छ

Share to:

रासंसा/काठमाण्डौ, श्रावण १३,

मुलुकमा नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले देशको हित विपरीत रहेको नागरिकता बिधेयकलाई राष्ट्रपतिले फिर्ता गर्नुपर्ने बताएका छन्। प्रेस चौतारी नेपाल कैलालीले शुक्रबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष ज्ञवालीले विं.सं. २०५७ सालमा संसदबाट पारित भएको देशको हित विपरीत रहेको नागारिकता विधेयक सर्वोच्व अदालतको राय लिएर राजाले फिर्ता गरेको उल्लेख गर्दै राष्ट्रपतिले पनि देश बचाउन नागरिकता विधेयक फिर्ता गर्नुपर्ने बताएका हुन्। सिन्दुर लगाउने बित्तिकै नागरिकता दिने प्रावधानले सबैभन्दा बढी समस्यामा मधेसी नगारिकलाई पर्ने उनको भनाई छ। खुला सिमा र तीन तिर सिमाना रहेको बिशाल जनसंख्या भएको भारत भएकाले यो नागरिकता विधेयकले नेपाली नागरिक अल्पमतमा परेर देशकै लागि खतरा हुने उनले बताए। ‘नेपालमा जन्मेको व्यक्तिले नागकिता पाउने खतरनाक विधेयक प्रतिनिधि सभावाट पास भएको थियो, राजाले सर्वोच्चमा पठाएर पछि त्यो विधेयक रोक्यो। यदि त्यो विधेयक साँच्चिकै पास भएको भए अहिले देश फिजिकरण र सिक्किमीकरणको अवस्थामा पुगिसक्थ्यो’ उपाध्यक्ष ज्ञवालीले भने, ‘अहिले पनि देशको अहितमा रहेको नागकिता विधेयकलाई अध्ययन गरेर अनुमोदन गर्ने वा नगर्ने राष्ट्रपतिको आफ्नो कुरा हो, तर म एउटा पार्टीको नेता मात्र नभएर यो देशको नागरिक पनि भएकोले मेरो व्यक्तिगत बिचारमा राष्ट्रपतिले यो नागरिकता विधेयक फिर्ता गर्नुपर्छ।,’करको दर हेरफेर गर्न अनधिकृत व्यक्तीको संलग्नता गराइएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्म विरुद्ध प्रमाण फेला नपरेको नभई तथ्य लुकाइएको उनको आरोप छ। एमालेको सरकार हुनेबेला धेरै राम्रो काम गरेको उनले दावी गरे। एमाले एक्लै चुनाव लडेर जित्ने उनको भनाई छ। यसैगरी उपाध्यक्ष ज्ञवालीले सरकारले निर्वाचन सार्न खोजेको आशंका उत्पन्न भएको बताए। सरकारले निर्वाचनको मिति नतोक्नुले सरकारको नियत निर्वाचन सार्ने रहेको देखिएको उनले बताए। ‘चुनावको मिती घोषणा गरियोस्’ उनले भने। स्थानीय चुनावमा धाँदली भएको उल्लेख गर्दै अगामी निर्वाचन निष्पक्ष र धादलीरहित हुनुपर्ने उनको भनाई छ। अहिलेका प्रदेश सरकारले बजेट बिक्री गर्ने र कमिसन खाने मात्रै काम गरेर संघीयताको नै बदनाम गरेको बताए। ‘संघीयता आंफैमा खराब होइन्,धेरै छलफल गरेर ल्याइएको हो, तर सरकार चलाउने मान्छेले बिगारेका छन्,’ उनले भने।

Like