संघ र प्रदेशको निर्वाचन मंसिर ४ गते पक्का हुने प्रवक्ता प्रकाशशरण महत
रासंसा/काठमाण्डौ, श्रावण १३,
मुलुकमा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने बताउनुभएको छ । ‘मंसिर ४ गते त निर्वाचन हुँदैछ, पक्कापक्की छ,’ उहाँले भन्नुभयो, ‘केही दिनमा नै औपचारिक रूपमा घोषणा हुन्छ ।’ शुक्रबार नेपाल प्रेस युनियन नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आगामी मंसिर ४ गते नै संघ र प्रदेश सदस्यको निर्वाचन हुने पक्कापक्की भएको बतउनुभएको हो । प्रवक्ता महतले नेपाली कांग्रेसभित्र पार्टीको विचार संस्थागत विचार राख्न चासो नदिने गरेको बताउनुभयो । उहाँले नेपाली कांग्रेसमा कसलाई उचाल्ने र कसलाई पछार्ने भन्नेमा नै धेरै चासो हुने गरेको उल्लेख गर्नुभयो ।प्रवक्ता महतले सरकारले केही दिनमै आगामी निर्वाचनको मिति घोषणा गर्ने बताउनुभयो । देशभरकै प्रेस युनियनलाई जागरुक गरेर आगामी निर्वाचनका लागि लाग्न उहाँले निर्देशन दिनुभयो । प्रवक्ता महतले आफ्नो आकंक्षा र कुण्ठालाई त्यागेर आगामी निर्वाचनको बारेमा सूचना प्रकाशन गर्न निर्देशन दिनुभयो ।