अफ्रिकाका १२ देशमा फैलियो, क्यानडामा मङ्कीपक्सका २७८ बिरामी, ७३ जनाको मृत्यु
एजेन्सी,
विश्वमा क्यानडाका प्रमुख जनस्वास्थ्य अधिकारी थेरेसा ट्यामले जुन २९ सम्म क्यानडामा कुल २७८ जना मङ्कीपक्स सङ्क्रमित भएको पुष्टि गरेकी छिन् । ब्रिटिश कोलम्बियाका चार, अल्बर्टाबाट पाँच, ओन्टारियोबाट ६७ र क्युबेकका २०२ सङ्क्रमणका घटना दर्ता भएका वरिष्ठ चिकित्सक ट्यामले जानकारी दिएकी छन् । मङ्कीपक्स भाइरसको जोखिमको जोखिम कुनै समूहमा मात्र नभएर यसकोसिकार जो कोही पनि हुनसक्ने बताइएको छ । उनले भनिन्, ‘जुन कुनै लिङ्ग, उमेर समूको व्यक्ति पनि सहजै सङ्क्रमित हुन सक्छन्। अधिकाङ्श सङ्क्रमित २० देखी ६९ उमेर समूह भित्रका छन् ।’ अफ्रिका सीडीसीका कार्यकारी निर्देशक अहमद ओगवेलका अनुसार अफ्रिकामा रिपोर्ट गरिएका एक हजार ७८२ बिरामीमध्ये १०४ जनामा मङ्कीपक्स सङ्क्रमण पुष्टि भएको र उक्त हजार ६७८ शंकास्पद सङ्क्रमित रहेका छन् । यो सुरुमा मध्य र पश्चिम अफ्रिकाको जङ्गली भागहरूमा पाइएको थियो। हालसम्म अफ्रिकाका १२ देशहरूमा मङ्कीपक्स सङ्क्रमण फैलिएको र संक्रमितको संख्या एक हजार ७८२ भएको अफ्रिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) ले शुक्रबार जनाएको छ । पहिले स्क्ररमित नभेटिएका देशहरू इथियोपिया, गिनी, लाइबेरिया, मोजाम्बिक, सिएरा लियोन, सुडान र युगान्डामा पनि सङ्क्रमित भेटिएका विश्व स्वास्थ्य संगठनले जनाएको छ । बेनिन, मोरक्को र दक्षिण अफ्रिका यस सङ्क्रमणको महामारी नदेखिएका अफ्रिकी मुलुक हुन् भने अन्य सदस्य राष्ट्रमा सङ्क्रमितको सङ्ख्या बढेको पाइएको छ । ‘दुःखको कुरा, मङ्कीपक्सको प्रकोपले गर्दा यस महादेशमा ७३ जनाको मृत्यु भएको छ र मृत्यु दर ४.१ प्रतिशत पुगेको छ,’ सीडीसीका कार्यकारी निर्देशकले बताए।