साङ्गीतिक कार्यक्रम ललितपुरमा
रासंसा/ललितपुर, आषाढ १८,
मुलुकमा ललितपुरको सेन्ट मेरिज स्कुलको हलमा शनिबार ‘हिल द अर्थ: अ म्युजिकल एवेनिङ नङ’ बाट आयोजना गरिएको नामक साङ्गीतिक कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा दर्शकहरूलाई आनी छोयिङ डोल्माले साङ्गीतिक प्रस्तुतीका साथ मनोरञ्जन दिएकी थिइन्। कार्यक्रममा कलाकार लाबोनी चक्रवर्तीले समेत साङ्गीतिक प्रस्तुति दिएकी थिइन्। कार्यक्रममा मदनकृष्ण श्रेष्ठ, उपेन्द्र महतो, धुलिखेलका मेयर अशोक ब्यान्जु, तुलसी घिमिरे, कनकमणि दीक्षित, रविन्द पुरी लगायत हजारौं दर्शकको उपस्थिति थियो। करिब दुई घण्टा लामो साङ्गीतिक कार्यक्रममा आनीले आफ्नो सुमधुर आवाजले विभिन्न आध्यात्मिक गीतहरूका साथै प्रख्यात गायक माइकल ज्याक्सनको वातावरणसम्बन्धी ‘हिल द वर्ल्ड’ पनि अंग्रेजीमा गीत प्रस्तुति गरेर दर्शकलाई मोहित बनाएकी थिइन्।
उक्त कार्यक्रमबाट सङ्कलित रकम साँखु सुष्मा कोइराला मेमोरियल ट्रस्टद्वारा सञ्चालित बर्न इन्ज्योरी बिरामीहरूको उपचार मा जानेछ।