सिन्धुलीको चुरेभावरबाट बृहत वृक्षरोपण कार्यक्रम राष्ट्रपतिद्वारा थालनी

Share to:

रासंसा/सिन्धुली, आषाढ २,

मुलुकमा चुरे पहाडको संरक्षण र सम्बर्द्धन गर्ने उदेश्यले चुरेभावर क्षेत्रमा बृहत वृक्षरोपण कार्यक्रमको थालनी गरिएको छ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति र नेपाली सेनाको नं १ वन तथा वातावरण सुरक्षा गणको आयोजनामा जिल्लाको दुधौली नगरपालिका–२ को चुरे क्षेन विशाल सामुदायिक वनमा राष्ट्रपति विद्यादेवी भण्डारीले वर र पिपलको वृक्षरोपण गरी अभियान थालनी गर्नुभएको हो । वन क्षेत्रमा बिहीबार वर, पिपल, आँप, सिसौ लगातका वृक्षको रोपण गरिएको हो । कार्यक्रममा सहभागी नेपाल सरकारका वनमन्त्री, बागमती प्रदेश सरकारका प्रमुख, बागमती प्रदेश सरकारका मुख्यमन्त्री, संघ तथा प्रदेश सभाका सदस्यहरू, स्थानीय जनप्रतिनिधिहरू, सरकारी कार्यलयका कर्मचारीहरू र सुरक्षाकर्मीहरू सामुहिक वृक्षरोपणमा सहभागी भएका थिए । ‘चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई’ भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रममा एक लाख विरुवा रोपेर चुरे क्षेत्रमा जंगल, जल, जडीबुटी र जंगली जनावरको संरक्षण अभियानसमेत सुरु गरिएको हो । हरेक वर्ष चुरेका अधिकांश क्षेत्र भूक्षय र पहिरोले उजाड हुन थालेका छन् । पहाडीको वन सखाप हुन थालेको छ भने तराईका उब्जाउ भूमि बगरमा परिणत भइरहेका छन् ।

Like