अर्थमन्त्री नै गायव हुने विनियोजन विधेयकको छलफल

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ ५,

मुलुकमा अर्थमन्त्री आंफैले संसदमा प्रस्तुत गरेको विनियोजन विधेयक २०७९ माथि छलफल भइरहेका बेला अर्थमन्त्री जनार्दन शर्मा अनुपस्थित भएपछि उहाको आलोचना भएको छ। संसदमा विधेयकमाथि तेस्रो दिन बिहीबार छलफल भइरहेकोे थियो। यतिबेला अर्थमन्त्री जनार्दन शर्मा उपस्थित नभएपछि प्रमुख प्रतिपक्ष नेकपा एमालेका संसदीय दलका नेता विशाल भट्टराईले आपत्ति जनाए। ‘नेपाल सरकार अर्थ मन्त्रालयबाट प्रस्तुत विनियोजन विधेयकमा छलफल भइरहेको छ। अर्थमन्त्रीकै उपस्थिती देख्दिन। के आधार छलफल गर्ने? के आधारमा उहाँले जवाफ दिने? मैले यसको उत्तर खोजेको अलि मिलेन की जस्तो लाग्यो’, उहाले भन्नुभयो। भट्टराईले यसैमा ‘कि अन्यत्र कही बसेर टिपोट गरिरहनु भएको छ। मन्त्रालय र निवासमा यसको (संसद)को रिफ्लेक्शन र रेकर्ड जान्छ भने म भन्न सक्दिनँ।’ उहाले अर्थमन्त्री अनुपस्थित भएपनि अन्य उपस्थित मन्त्रीहरुले कागज र कलम निकालेर टिपोट गरिरहेको हाउभाउ नदेखिएको भन्दै आपत्ति जनआउनु भएको थियो । भट्टराइको आपत्ति पछि रोष्टममा आफ्नो भनाई राख्न पुगेका नेपाली कांग्रेसका नेता मिनेन्द्र प्रसाद रिजालले भट्टराईको आपत्तिलाई समर्थन गर्नुभयो । ‘कुरा उठिसक्यो। मैले केही भन्नुपर्छ। बजेटमा छलफल भइरहँदा अर्थमन्त्री नै अनुपस्थित हुनुभयो। यो व्यवहार निश्चित रुपमा आलोचित छ’, उहाले भन्नुभयो, ‘अर्थ मन्त्रालयका वरिष्ठ पदाधिकारीहरुलाई पनि मैले देखिन।’ रिजालले यो वाक्य दुई पटक दोहोर्याउनु भएको थियो । भट्टराईको आपत्ति पछि मिनेन्द्रको भनाईअघि नै सभामुख अग्नी सापकोटाले यस विषयमा आफ्नो ध्याकर्षण भएको भन्दै संसद विनियमावली २०७५ को नियम ६ उपनियम ५ बमोजिम प्रतिनिधीसभामा सम्बन्धित मन्त्रालयका मन्त्री उपस्थित निर्देश गर्नुभएको थियो । साथै अर्थमन्त्री उपस्थित नहुँदासम्म उपस्थित अन्य मन्त्रीहरुलाई छलफलमा उठेका कुराहरु गम्भिरता पूर्वक टिपोट गर्न निर्देश गर्नुभएको थियो ।

Like