भोट हाल्ने तरिका’ ‘काठमाडौंका मेयर उम्मेदवारलाई नै थाहा छैन
रासंसा/काठमाण्डौ,बैशाख २९,
मुलुकमा राष्ट्रिय मानव अधिकार आयोगले मतदाता शिक्षा कमजोर हुँदा धेरै मत बदर हुन सक्ने जनाएको छ । आयोगले बिहीबार पत्रकार सम्मेलन गर्दै अधिकांश मतदाता भोट हाल्ने प्रक्रियाबारे अनविज्ञ रहेको जनाएको हो । काठमाडौं भित्रका नगरपालिकाका मेयरका उम्मेदवारहरुले समेत कसरी भोट हाल्ने भन्ने कुरा प्रष्ट जानकारी नभएको आफूहरुको अनुगमनबाट प्राप्त भएको आयोगले जनाएको छ । आयोगले अपागंमैत्री मतदान स्थल नहुँदा सहज मतदानको व्यवस्था हुन नसकेको औंल्याएको छ । राजनीतिक दलबाट गरिएका सभामा जनस्वास्थ्यका मापदण्ड पालना नभएको समेत अनुगमनबाट निष्कर्ष निकालेको छ । आयोगले कतिपय जिल्लामा निर्वाचन सामग्री अपर्याप्तता देखिएको, निर्वाचन अभिमुखीकरण अभावका कारण निर्वाचनमा खटिने कर्मचारीलाई अत्यन्तै चाँप भएको जनाएको छ । आयोगका कायममुकायम सचिव मुरारी प्रसाद खरेलले भने, ‘मतदाता शिक्षाको अभावका कारण उम्मेदवारहरु समेत भोट हाल्ने बारे अनविज्ञ भए । काठमाडौं भित्रका नगरपालीकाका मेयरका उम्मेदवारहरुले समेत कसरी भोट हाल्ने भन्ने कुरा प्रष्ट जानकारी नभएको हामीले पाएका छौं । मतदाता शिक्षा कमजोर हुँदा धेरै मत बदर हुने देखिएको छ । ‘