अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसमाचारस्पेसलहेडलाइन

भीआईपीहरूद्वारा बिहानै मतदान

Share to:

रासंसा/काठमाण्डौ, वैशाख ३०,

मुलुकमा आज स्थानीय तहको निर्वाचनका लागि मतदान जारी रहेको छ । बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । शीर्ष नेता तथा भीआईपीहरू बिहानै आफ्नो नजिकैको मतदान केन्द्रमा पुगेर भोट खसालेका छन् । यसपटकको निर्वाचनमा कूल १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेको आयोगले जनाएको छ । निर्वाचन आयोगमा सूचीकृत मतदाताले मतदाता परिचय पत्र नभए अन्य सरकारी कागजातले मतदान गर्न सकिने व्यवस्था गरिएको आयोगले जनाएको छ । पूर्व राष्ट्रपति रामवरण यादव, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतले मतदान गरिसकेका छन् । आयोगका अनुसार देशभर १० हजार ७५६ मतदान स्थल रहका छन् भने २१ हजार ९५५ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । निर्वाचनमा १ लाख ०९ हजार ०८८ हजार कर्मचारी तथा निर्वाचनमा ६५ हजार ८६५ स्वयंसेवक खटिने छन् भने ५ हजार पर्यवेक्षक हुने आयोगले जनाएको छ । निर्वाचनमा पुरुष मतदाता ८९ लाख ९२ हजार १० जना र महिला मतदाता ८७ लाख ४१ हजार ५३० जना रहेका छन् । ६ महानगरपालिका ११ उपमहानगरपालिका २७६ नगरपालिका र ४६० गरी ७५३ स्थानीय तहमा निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार ३५ हजार २२१ जना निर्वाचित हुने छन् ।

Like