आन्द्र प्रदेशमा आँधी, बुधबार रातिसम्म पश्चिम बंगाल आइपुग्ने

Share to:

एजेन्सी,

भारतको आन्द्रप्रदेशमा बिहानदेखि आएको आँधीले जनजीवन प्रभावित बनेको छ । आँधीको कारण आन्द्र प्रदेशको बिशाखापटनम विमानस्थलबाट हुने २३ वटा उडान रद्द भएपछि सयौं यात्रु अलपत्र परेका छन् । भारी वर्षापछि आएको आँधी अझै केही दिनसम्म रहने मौसम विभागले जनाएको छ । असानी नामक आँधीका कारण आन्द्र प्रदेशको अधिकांश घरहरू भत्कनुका साथै ठाउँ–ठाउँमा बिजुलीका पोल ढलेका छन् । जसकारण यातायात सेवासमेत अवरुद्ध बनेको छ । विस्तारै उत्तरतर्फ बढिरहेको आँधी बुधबार रातिसम्म पश्चिम बंगालको खाडीमा पुग्ने भारतीय मौसम विभागले जनाएको छ ।

Like