गुरु महर्षि १००८ स्वामी सच्चिदानन्द विशुद्धदेवज्यूको मुर्ति पदापण हुने

Share to:

रासंसा/काभ्रेपलाञ्चोक, बैशाख १९,

ॐ सर्वमूलं चरित्रम् । नयाँवर्ष २०७९ बैशाख २० गते मङ्गलवारका दिन अक्षय तृतियाको पावन अवसरमा परमपूज्य गुरु महर्षि १००८ स्वामी सच्चिदानन्द विशुद्धदेवज्यूको २१ औं पूण्यतिथिको शुभ उपलक्ष्यमा मुर्ति पदापण हुने भएको छ । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका वडा नं. १२ विशुद्द दिव्य धाम संखुमा स्वामी सच्चिदानन्द विशुद्धदेवज्यूको मुर्ति प्राण प्रतिष्ठा, पुजा, यज्ञहवन, रुद्राभिषेकको कार्यक्रमका साथ् मुर्ति पदापण हुने परमपूज्य गुरु महर्षि १००८ स्वामी सच्चिदानन्द विशुद्धदेवज्यूका प्रथम शिष्य स्वामी कल्याण मित्रज्युले बताउनु भएको छ । सो कार्यक्रममा समस्त तह पदीय व्यक्ति व्यक्तित्वहरुमा लगायत परमपूज्य गुरु महर्षि १००८ स्वामी सच्चिदानन्द विशुद्धदेवज्यूका शिश्यहरुमा आमन्त्रण गरिएको छ । कार्यक्रमको अघिल्लो दिन आज रुद्राभिशेक तथा पूजा पाठ सम्पन्न भएको हाम्रा सम्बाददाता दिवस घीमिरेले बतानुभयो ।

Like