३ हजार युक्रेनी सैनिक रूसी आक्रमणमा मारिएको जेलेन्स्कीको दावी
एजेन्सी,
विश्रूमा स र युक्रेनबीच भइरहेको द्वन्द्वका क्रममा करिब ३ हजार युक्रेनी सैनिकको मृत्यु भएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अहिलेसम्म २५ सयदेखि ३ हजारसम्म युक्रेनी सैनिकको मृत्यु भएको दाबी गरेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुराकानी गर्दै उनले १० हजारभन्दा बढी युक्रेनी राष्ट्र सेवकसमेत घाइते भएको बताएका छन्। घाइतेमध्ये कतिपयको अवस्था गम्भीर रहेको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको उनको भनाइ छ। मृतक तथा घाइतेहरूलाई देशको रक्षाका लागि गरेको योगदानको प्रशंसा गर्दै उनले सिंगो युक्रेन आफ्नो रक्षाका लागि प्रतिबद्ध रहेको उल्लेख गरे। झन्डै दुई महिना अगाडि रुसले युक्रेनमाथि आक्रमण गरेकोमा विश्वभरबाट विरोध भइरहेको छ।
Like