स्वतन्त्रका पदाधिकारी पनि राजनीति तर्फ राष्ट्रिय नागरिक समाजका अध्यक्ष महेश विक्रम कुँवर पनि विवेकशील साझा पार्टीमा प्रवेश
रासंसा/काठमाण्डौ, चैत्र २८,
मुलुकमा विभिन्न संघ संस्थामा समर्पित सामाजिक अभियन्ता लगायत पत्रकारहरुसमेत राजनीति पार्टीमा प्रवेश गरेको कुनै नौलो कुरा भने होइन तर राजनीति पार्टीमा प्रवेस गर्नु उनीहरुलाई सो पद भन्दा गरिमामय लाग्नु चाही गौरब लाग्नु ठुलो भयो । यस्तै वरिष्ठ सामाजिक अभियन्ता एवं सञ्चारकर्मी महेश विक्रम कुवँर विवेकशील साझा पार्टीमा प्रवेश गरेका छन् । उहाले सोमबार विवकेशील साझा पार्टीको प्रधान कार्यालय बखुण्डोलमा आयोजित एक समारोहका बीच पार्टी अध्यक्ष रवीन्द्र मिश्रबाट सदस्यता लिएका हुन् ।

दशकौंसम्म सत्तामा रजगज गरेका पार्टीहरुले मुलुक र समाजको रुपान्तरण गर्न नसकेको भन्दै कुँवरले विवेकशील साझा पार्टीको नेतृत्वबाटमात्र परिवर्तन र रुपान्तरण गर्न सकिने धारणा राख्नु भयो । कुँवर लामो समयदेखि पत्रकारिता र सामाजिक अभियानमा सक्रिय हुनुहुन्छ । समारोहमा पार्टीका विविन्न तह पदिया व्यक्तित्वलगायत अन्य प्रतिनिधिहरुको उपस्थिति थियो । राष्ट्रिय नागरिक विकास समाजका अध्यक्ष समेत भएका कुँवर बहुदल आएसँगै नेपाली काँग्रेस, राप्रपा लगायत पार्टीको महत्वपूर्ण भूमिकामा रहेर काम गरिसकेका व्यक्ति हुन् । स्वतन्त्र पत्रकार संघ नेपाल काठमाण्डौ शाखा अध्यक्षमा काठमाण्डौ शाखाको विस्तार गरि सामाजिक कार्यमा अग्रशिलता रही काम गर्दै आएका उहा हाल उहा स्वतन्त्र पत्रकार संघ नेपाल केन्द्रीय पार्सद समेत हुनुहुन्छा भने तारकेश्वर पत्रकार मञ्चका सल्लाहकार पनि रहेको उहाले बताउनुभयो । पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले खुशी ब्यक्त गर्दै कुँवरजस्ता हजारौं इमानदार र स्वच्छ छवी भएका सदस्य पार्टीलाई आवश्यक भएको समेत बताउनुभयो ।