एन्फाले चुनाव सार्दै असार ६ मा नयाँ मिति

Share to:

रासंसा/काठमाण्डौ , चैत्र २२ ,

अखिल नेपाल फुटबल संघ (एन्फा)को १५ जेठमा गर्ने भनिएको चुनाव ६ असारमा गर्नेगरी मिति सारिएको छ । २३ पुसमा बसेको एन्फा कार्यसमिति बैठकले एन्फाको चुनाव १५ जेठमा गर्ने निर्णय गरेको थियो । पटक–पटक स्थगित भएपछि गत १५ चैतमा सम्पन्न विशेष साधारण सभाले चुनाव १५ जेठमा गर्ने निर्णय गरेको थियो । तय मिति अनुसार नै सानेपास्थित हेरिटेज गार्डेनमा भएको एन्फाको चुनावी विशेष साधरणसभाले निर्वाचन समिति र निर्वाचन पुनरावेदन समिति गठन गर्नुका साथै उम्मेदवारको मनोनयन शुल्क निर्धारण गरेको थियो । जिल्ला, क्लब तथा अन्य संघहरुको निर्वाचनको हकमा भने पुरानै निर्णयलाई निरन्तरता दिइएको छ । तर, एन्फा सचिवालयले विशेष साधारण सभाको निर्णय उल्टाउँदै कार्यसमिति सदस्यहरू, जिल्ला र क्लबहरूलाई पठाएको ‘केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रियासम्बन्धी कार्यक्रम’मा एन्फाको चुनाव ६ असारमा गर्ने जनाएको छ ।

Like