२५ सयले एकैदिन बढ्यो सुनको मूल्य

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुन १२,

काठमाडौं । साताको पाँचौं दिन आज बिहीबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । तेजावी सुन प्रतितोलामा ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार २५ सय रुपैयाँले बढेर ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आज ३५ रुपैयाँले बढेर १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Like