२४ घण्टामा १८२६ जना डिस्चार्ज हुँदा ८३६ जना कोरोना संक्रमित थपिए

Share to:

रासंसा/काठमाण्डौ, माघ २९,

मुलुकमा पछिल्लो २४ घण्टामा ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६६५४ जनामा गरिएको नमूना परीक्षणमा ८३६ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २४ घण्टामा २८८८३७ जनाले कोरोना संक्रमण विरुद्धको खोप लगाएका छन् भने देशभर २६१०२ जना सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १८२६ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

Like