पशुपति अन्नपुर्णा आश्रमको आयोजनामा श्रीपञ्चमी (सरस्वती पूजा) भब्यता र सभ्यताकासाथ् सम्पन्न
रासंसा/काठमाण्डौ, माघ २३,
सरस्वती मया दृष्टा वीणापुस्तक धारिणी ।
हंसवाहन संयुक्ता विधादानं करोतु मे ॥
पशुपति अन्नपुर्णा आश्रमको आयोजनामा श्रीपञ्चमी (सरस्वती पूजा) भब्यता र सभ्यताकासाथ् सम्पन्न गरेको छ । आश्रमका केन्द्रीय अध्यक्ष के. बि. सम्राटको उपस्थितिमा केन्द्रीय सदस्य एवं धार्मिक समितिकी संरक्षक माता भद्रकालीको सभापतित्वमा आयोजित पूजा अर्चना कार्यक्रमका प्रमख अतिथि पुर्वमन्त्रि एवं महर्षि फाउन्डेसन नेपालका अध्यक्ष दिपक प्रकाश बाँस्कोटाको आतिथ्यता थियो । अतिथिहरुमा वरिष्ठ समाजसेवी एवं मेगा अस्पतालका अध्यक्ष किशोर जंग राणा, वरिष्ठ समाजसेवी एवं प्राकृतिक चिकित्सक डा. गोविन्द बहादुर अधिकारी, समाजसेवी केशव अधिकारि, समाजसेवी रामकृष्लण अधिकारि, समाजसेवी गजेन्द्र ढकाललगायतका विशिस्ट व्यक्तित्वहरुको आतित्यता थियो । कार्यक्रममा पशपति अन्नपुर्णा आश्रमका संरक्षक एवं मन्दिरका पुजारी जितलाल डंगोलले विधिवत रुपमा पूजा गरि सम्पन्न गरिएको थियो ।

श्रीपंचमी या कि सरस्वति पूजाका दिनमा हामीमध्य धेरैले अक्षराम्भ गरेका हुनसक्छौं, अर्कोतर्फ यो दिन सर्जकहरुको दिन हो । आफ्ना सिर्जना र शब्दहरुको पूजागर्ने विशेष दिन सरस्वती पूजाको सम्पूर्ण सर्जकलाई शुभकामना, यो सिर्जनाको डोर अनन्त कालसम्म रहिरहोस् । सिर्जनाका औजारहरु कलम, मसी अनि कागजको आज पूजा गरिन्छ, सरस्वतीको असिम कृपाले सकारात्मक शब्दहरु, भावहरु, ब्याख्याहरुको पदार्पण भईरहोस्, सर्जकहरु चाहे लेखक हुन् या गायक या ब्यूटिसियन हुन या सुचिकार या घर बनाउने मिस्त्री देखि सबैमा । सरस्वती पूजा या भनौ, श्रीपञ्चमी भनाै वा वसन्त पञ्चमीका दिन विद्या र सङ्गीतकी प्रतिरूप सरस्वतिको पुजा आराधना गरी मनाइने विशेष दिन । आजबाट क्रमशः वसन्त ऋतुको शुरुवात हुने मान्यता रहेको छ । यो हिउँदको मुटु छेड्ने जाडो र पानीको ठिहिबाट क्रमशः अब कोईलीको कुहु कुहु अनि न्यानोपनाको राजा मौसम बसन्तको सेरोफेरोमा स्वागत गरिएको दिन हो । सङ्गीत, ज्ञान अनि विद्याकी देवी सरस्वतीको स्तोत्रको सरल नेपाली अनुवाद प्रस्तुत गर्दै सरस्वती पूजा विशेष आलेखलाई श्री गणेश गर्दै श्रीपंचमीको महत्वले नै हामि सबैले मनन गर्नुपर्छ । जो चन्द्रको समान उज्जवल हुनुहुन्छ, सेतो वस्त्र लगाएर हातमा वीणा र वरदान दिने स्फटीकको मालासहित शुसोभीत हुनुहुन्छ, सेतो कमलको फूलमा आसिन ती देवी जसको ब्रह्मा, विष्णु तथा शिव आदि सबैले उपासना गर्नुहुन्छ उनै माता सरस्वती हाम्रा अज्ञानताहरु चिर्दै हामीलाई निर्मल विद्या दिनुहोस् । ‘ब्रह्मा भिभर्त पूराण’मा प्रष्ट रूपमा उल्लेख गरिएको छ कि विद्या, कला, शब्द, विज्ञान अनि विचारकी देवी सरस्वतीलाई यो दिनमा सबैले सम्झना गर्दै पूजा गरिन्छ भनि भगवान श्री कृष्णले वरदान दिएका हुन् । विहानै उठेर प्रातः स्नान पश्चात् चोखोनितो गरी सफा कपडा लगाएर कलश स्थापना गरिन्छ अनि क्रमशः गणेश, विष्णु, शिव आदि देवताहरुको अर्चना गरिन्छ, सूर्यको अर्चना पनि गरिँदै सरस्वतीको उपासना गरिन्छ । वैदिक सनातन हिन्दू संस्कारका अत्यन्त ब्यवहारीक आयामहरु छन् । यी संस्कारहरु नेपालीपनका अभिन्न अङ्गहरु भएका छन् । हलो, गोरु, माटो, वोट विरुवा, कुकुर लगायत चेलीवेटी, औजारहरु अनि अन्नवालीहरुकासाथै यो दिन श्रृजना अनि ज्ञानको पूजा गर्ने दिन हो । विद्यालयहरुमा त यो दिन विशेष रमझम रहन्छ, तराईतिर यो दिन रङ्गिन गुलिया रसिला बुनियाँको दाना, बयर तथा अन्य फलपूलहरू प्रसादीका रुपमा बाँडिन्छ । कतिपय विधालयमा विद्यार्थीहरुको सक्रियतामा शाहाकारी भोजनै आयोजना समेत गरिने गरिएको छ । विभिन्न रङ्ग रगिंन तोरणहरु झुण्ड्याएर, अशोकको रुखको पात या केराका दाम्चा अनि बाँसको प्रयोग गरेर बनाएको प्रवेश द्वारहरुबाट आज धेरै विद्यालायाहरु सजिसजाउ रहन्छन । काठमाडौमा बिभिन्न सरस्वती मन्दिरहरू जस्तै नीरबाराही, लाजिम्पाट, स्वयम्भू, गैरीधाराको नीलसरस्वती, ललितपुरको लेले आदिमा मेला लाग्ने गर्छ भने नेपालभरिका धेरै मन्दिर अनि विद्याका केन्द्र विद्यालयहरुमा जमघट रहन्छ । पशुपतिमा रहेको सरस्वतीको मुर्ति जसलाइ वुद्धमार्गीहरुले मञ्जुश्रीका रुपमा पनि पूजा गर्दछन् । त्यसै प्रतिमामा आज विशेष पूजा अर्चना गर्ने गरिन्छ । विद्यार्थीहरुकालागि यो दिन अर्को रौनकता भने सरस्वती पूजाका दिनमा विद्यालयको दैनिक पोशाक विनानै विद्यालय प्रवेश गर्न पाउनु हो, फरक फरक पोशाकमा रङ्गीन विद्यार्थीहरुको लर्को यो दिन धेरै विद्यालय परिसरमा देखिन्छ । तर, विश्वमहामारिका रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसको तेस्रो लहरको ओमिक्रोमले यसपालिको श्रीपंचमी या सरस्वती पूजा खल्लो रुप मानिएको छ ।

नेपालको परिवेशमा कुरागर्ने हो भने हामी नेपाली साँच्चीकै सानो परिवेशमा बाँचेका भने पक्कै छैनौ, नेपाल अधिराज्य भरिको धेरैजसो सरकारी विद्यालयहरुमा कहिँ कतै सानो या ठूलो सरस्वतीको मन्दिर रहेकौ छ । सरस्वती देवीलाई हिन्दू धर्म या संस्कारसंग भन्दा पनि मानवहरुको विद्याप्रतिको आशक्तिकारुपमा हेर्न जरुरी छ, हामी जुनसुकै धर्म या विश्वासको भएपनि हाम्रो विद्यासंगको नाता र ज्ञानको परिपूर्तिकारुपमा विद्यादेवी सरस्वती र यो दिनलाई लिन सकिन्छ । वसन्त पञ्चमीलाई मुस्लिम समूदायले सुफि बसन्तका रुपमा १२औ शताब्दीदेखि मनाउँदै आएको विभिन्न दस्तावेज अनि मुसलमान किम्बदन्तीहरुमा पाईन्छ । दिल्लीका तत्कालीन फकिर निजामुद्धीनका भतिजा तकुद्धिनको असामहिक मृत्यूले निजामुद्धीन अत्यन्त मर्माहीत भएका थिए, सुफीका महान कवी अमिर फुस्रोले फकिरलाई खुशीपार्न यो दिन गमलामा फूल र पहेँलो वस्त्रमा हाँस्दैगएर फकिरलाई हसाँउन सकेको र यस दिनलाई सुफि बसन्त पनि भनिएको जनउक्तिहरु रहेको छ । त्यसपश्चात आजको दिनलाई निजामुद्धीन औलियाको दिल्लीमा रहेको दरगाहमा सधैं सुफि बसन्तका रुपमा मनाउन थालिएको हो । तपाई हामी जुनै धर्म या संस्कृती या विश्वास भएका ब्यक्ति हौ तर विद्या हामीसबैलाई आवश्यक छ , सिर्जना र सर्जकको कदर हामीसबैले गर्न जरुरी छ । लेख्नेको मसी नसकियोस्, बोल्नेको आवाज दुरुस्त रहोस् अनि हेर्नेको नजर खुल्ला रहोस् ।

क देखि ज्ञ सम्मका वर्णमाला अनि शब्द विन्यासहरुले हामीलाई ज्ञान अभिब्यक्त गर्दा सदैब साथ दिउन्, ए बि सि डि आदिका अक्षरस प्रयोग जारी रहोस्, ब्याकरणले साथ दियोस्, संगीतका सातै सुर अनि अभिनयका सम्पूर्ण रसहरुले साथ दिउन् । मुख्य कुरा श्रृगांर रसले जिवन भरिपूर्ण होस्, सरस्वती माताको जयहोस् । बिद्याकी देवी सरस्वतीको दिन अनि धेरै जनाको अक्षराम्भ भएको अनि कलम किताब, मसी, सिसाकलम अनि पुस्तक संगको प्रथम साक्षात्कार भएको दिन भएकाले पनि हरेक बर्षको सरस्वती पूजाका दिन राष्ट्रिय पुस्तक दिवस पनि मनाइने गरिन्छ । केही बर्षअघि मात्रै राष्ट्रिय पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घले सरकारसँग सरस्वती पूजाका दिनलाई राष्ट्रिय पुस्तक दिवस घोषणा गर्न माग गरेको हो । महासङ्घले आफ्नै पहलमा बिभिन्न कार्यक्रमहरु गरेर राष्ट्रिय पुस्तक दिवस मनाउने गरिन्छ । हरेक पुस्तकका पाना अनि अक्षरहरुमा बिद्याकी देवी सरस्वतीको बास छ, सरस्वतीको कृपा अनि अनुकम्पा नेपाली वर्णमाला, व्याकरण अनि शव्दमालामा सदैव रहिरहोस् । विद्याको कमी यस भूमिमा कतै नहोस् ।

कार्भयक्रममा प्रमुख अतिथिको आशनबाट पूर्वमन्त्री एवं महर्षि फाउन्डेसन नेपालका अध्यक्ष दिपक प्रकाश बाँस्कोटाले कोभिड १९ कोरोना भाइरसको मापदण्ड अपनाएर पशुपति अन्नपुर्णा आश्रमले यो पावन घडी श्रीपंचमी तथा सरस्वति पूजाको आयोजना गरि भब्य र सभ्य रुपमा सम्पन्न गरेको र सहि स्थानमा मन्दिर निर्माण गरेकोमा प्रसंसा गर्दै आजको कार्यक्रममा प्रमख अतिथिको भूमिकामा निर्बाह गर्न आमन्त्रण गरेकोमा विशेष गोविन्द बहादुर अधिकारी र अध्यक्ष के. बि. सम्राटलाई धन्यवाद दिनुभयो ।

शुभकामना मन्तव्यमा वरिष्ठ समाजसेवी एवं मेगा अस्पतालका अध्यक्ष किशोर जंग राणाले मन्दिर स्थापना गर्ने संस्थाका पूर्व अध्यक्ष राष्ट्रिय समाजसेवी प्रा. डा. जगदीश वैद्य अनुपश्थित रहदा उहाको स्मरण गर्दै आश्रमले गरेको यस किसिमका क्रियाकलापले प्रसंशित भएको बताउदै आश्रमले यो भन्दा पनि अझै राम्रा कामहर गर्दै जानेमा विस्वास गर्नुभयो ।

वरिष्ठ समाजसेवी एवं प्राकृतिक चिकित्सक डा. गोविन्द बहादुर अधिकारीले पशुपति अन्नपुर्णा आश्रमले सर्हानिय कार्य गरेको देख्दा अत्यन्त खुशी ब्यक्त गर्दै अब हामीले आश्रमलाई के कति गर्न सकिन्छ सो हामि सबै मिलेर गंरे अझ सुनमा सुगन्ध हुनेमा दुइ मत नरहेको भन्नुभयो ।

समाजसेवी रामकृष्लण अधिकारिले आश्रमका विभिन्न पदाधिकारीहरु धार्मिक तथा सामाजिक कार्यमा विभिन्न स्थानमा पुगेर कार्यक्रम सम्पन्न गरेकोमा आभार ब्यक्त गर्दै आश्रमले गरेका कार्यक्रमप्रति कृतज्ञता ब्यक्त गर्नुभयो ।

समाजसेवी केशव अधिकारीले कार्यक्रमको विषयमा सरस्वति माताको ब्याख्या गर्दै विभिन्न स्तोत्र पाठ गर्नुहुदै आश्रमले गरेका क्रियाकलापप्रति प्रसंशा गर्नुभयो । कार्यक्रममा आश्रमका अधक्ष के. बि. सम्राटले श्रीपंचमी तथा सरस्वति माताको स्तोत्रसंगै कार्यक्रम संचालन गरि आश्रमले गरेका क्रियाकलाप बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा उपस्थित सबैलाई पशुपति अन्नपुर्णा आश्रमको लोगो अंकित ब्याच माता भद्रकालीद्वारा ग्रहण गराइएको थियो ।

कार्यक्रमका सभापति माता भद्रकालीले सबैलाई सरस्वति माताले सुख, शान्ति, समृद्दी, सुस्वास्थ्य, दिर्घायु रहन माताको आराधना गर्न मन लागोस भनि आशिर्वाद दिदै काय्रक्रम समापन भएको घोषणा गर्नुभयो ।

