Share to:

प्रजातन्त्रका सेनानी सोतीप्रति तनहुँ कांग्रेसद्धारा श्रद्धाञ्जली
अन्जनराज न्यौपाने गण्डकी प्रदेश समाचार ,
तनहुँ ।,२१ माघ । ****************************************
प्रजातन्त्र सेनानी नारायणदत्त सोती प्रति नेपाली कांग्रेस तनहुँले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।
जिल्लाको व्यास ९ सोतीबेसी निवासी नेपाली काँग्रेसका कठ्ठरबादी हस्ति एब्म् सेनानी सोती प्रति नेपाली कांग्रेस तनहुँका सभापति जितफ्रकाश आलेको नेतृत्वमा गएको जिल्ला कार्य समितिको एक टोलीले श्रद्धाञ्जली व्यक्त गरेको नेपाली काँग्रेस जिल्ला कार्य समिति तनहुँका सदस्य डम्बरबहादुर अधिकारीले जानकारी दिए।
श्रद्धाञ्जली व्यत्त गर्द नेपाली काँग्रेस तनहुँ जिल्ला सभापति आलेले  कांग्रेस पार्टी र प्रजातन्त्र प्राप्तिको लागि , पार्टीको हित र नेपाली काँग्रेसको विजय सुनिश्चित गराउन अहोरात्र खटेर पार्टीको लागि तन,मन वचन र निष्ठाले अमुल्य योगदान दिने प्रजातान्त्रिक योद्धा स्वर्गीय सोतीको योगदान अविस्मरणीय रहेको बताउदै पार्टी सभापति आलेले उहाले देखाएको बाटो र सपना पूरा गर्न सबै ऐक भएर लाग्नुपर्ने बताए ।

सोतीको ९५ बर्षको उमेरमा कालगतिले निधन भएको थियो  । 

Like