के–के भयो सहमतिमा विद्यालय खोल्ने विषय
रासंसा/काठमाण्डौ, माघ २१,
मुलुकमा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मा, प्रधानमन्त्री कार्यालयका सहसचिव, संघीय मामिलाका सहसचिव, स्वास्थ्य,तथा जनसंख्या मन्त्रालयका विज्ञ,अभिभावक महासंघ,प्याब्सन,एनप्याब्सन लगायतका पदाधिकारी सहभागी थिए। कोरोना संक्रमण बढेपछि बन्द भएका विद्यालय फागुन १ गतेदेखि सञ्चालन गर्ने विषयमा छलफल भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा शुक्रबार विद्यालय सञ्चालनबारे छलफल भएको हो । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर जोखिम कम हुने ठाउँमा फागुन १ गतेदेखि विद्यालय खोल्नु निष्कर्ष निकालिएको नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले जानकारी दिए । उनका अनुसार यसको जिम्मा डिसिएमसी र स्थानीय तहलाई दिनुपर्ने लगायत विषयमा छलफल भएको थियो । यसको थप निर्णय भने सिसिएमसीको बैठकले लिने भण्डारीले बताए । उनका अनुसार आगामी आइतबार सिसिएमसी बैठक बस्ने छ । कोरोना संक्रमणदर फेरि बढेपछि सरकारले पुस २७ गतेदेखि माघ १५ सम्म देशभरिका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो। जोखिम कायमै भएपछि विदा लम्ब्याएर माघ मसान्तसम्म पुर्याएको छ ।
