स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि लागु हुने
रासंसा/काठमाण्डौ, पौष २५,
मलुकमा स्मार्ट लकडाउनसम्बन्धी यसअघिको कार्यविधि फेरि कडाइका साथ लागू हुने भएको छ। आइतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेकोे हो । बैठकपछि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सहसचिव सुनिता नेपालले भनिन्, ‘गत कोरोना महामारीमा नै हामीले स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि लागु गरेका थियौँ । त्यो कार्यविधिलाई प्रमुख जिल्ला अधिकारीले थप कडाइका साथ कार्यान्वयन गर्नका लागि निर्देशन दिन गृह मन्त्रालयलाई सिफारिस गरिएको छ ।’
Like