पाटन -दमौली साँस्कृतिक महोत्सव मंसिर २३ देखि हुँदै
यसैगरी कल्वका अध्यक्ष अमर थापाले आफ्नो मन्तब्यका क्रममा बोल्दै महोत्सवकालागि ५५ लाख रकम संकलन गरिने,वेनीपाटन र मानहुँको पर्यटन र विकासका लागि महोत्सव आयोजना गरिएको ,स्थानीय तथा राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरु प्रमोद खरेल, ज्योति मगर,प्रिति आले,कल्पना धिमिरे ,धिरज राई,दुर्गेश थापा ,एस कुमार ,प्रकाश सपूत लगाएत दर्जनौं राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने,महोत्सवकालागि १ सय५० स्टलहरुरहने अध्यक्ष थापाले जानकारी दिए।
नगरको अर्थतन्त्र मजबुद वनाउन र धार्मिक स्थलको व्यापक प्रचारप्रसार गराउने लक्ष्यका साथ महोत्सव आयोजना गरिएको बताए । महोत्सवमा ३० देखि ३५ हजार दर्शकले महोत्सवको अवलोकन गर्ने लक्ष्य राखिएको छ भने विधार्थीकालागि ४० र अन्य ब्याक्तिकालागि ६० रुपैयाँ टिकट तोकिएको छ उनले भने।
महोत्सवको मुख्य आकर्षण स्थानीय आदिवासी बोटे जातिको संरक्षण र आन्तरिक पर्वर्धनगर्नै उदेश्य र थप पर्यटनलाई टेवा पुर्याउने र स्थानीय जनजातिका युवाहरुलाई विकास र राष्ट्रको संबृर्दीमा सहभागी बनाउने
साँस्कृतिको संरक्षणका लागि पर्यटन महोत्सव सब्य र भब्य रुपबाट सम्पन्न गराउने लक्ष्य राखिएको उनलेे बताए । महोत्सवको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि श्रम मन्त्री किसान श्रेष्ठ ले गर्ने र समापन कार्यक्रम गण्डकी प्रदेशका मुख्य मन्त्री कृण्णचन्द्र नेपाली (पोख्रेल ) प्रमुख अतिथि रहने कार्यक्रम रहेको छ। बालबालिका र जेष्ठ नागरिकलाई निशुल्क प्रवेश गर्न दिईने ब्यवस्था मिलाईएको छ। महोत्सव विहान ९ वजे देखि बेलुका ७ वजे सम्म संचालन गरिने छ।