जेष्ठ नागरिक सग मानव अधिकार आयोगको अन्तरक्रिया
………………………………….अन्जनराज न्यौपाने / गण्डकी प्रदेश तनहुँ शुक्रबार १० गते …………………………………… सबैकालागि घरघरमा मानव अधिकार शान्ति र विकासको आधार भन्ने मुल नाराका साथ जेष्ठ नागरिकहरुको अधिकार र स्थानीय सरकारका नीति योजना कार्यक्रम र वजेटको कार्यावन्यन अवस्था विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम राष्ट्रिय मानव अधिकार आयोग हरिहर भवन पुल्चोक ललितपुरद्वारा शुक्रबार जिल्ला प्रशासन कार्यालय तनहुँको सभाकक्षमा सम्पन्न भएको छ।
राष्ट्रिय मानव अधिकार आयोगकि शाखा अधिकृत फोकल पर्सन – कल्पना नेपालको सभापतित्वमा गण्डकी प्रदेश भित्र रहेका वृद्धबृद्धहरुको अवस्था अध्यान र पृष्ठ पोषण दिलाउन र घरमा आफ्नो सन्तानद्वारा हेरविचार भए नभएको ,उनीहरुको स्वास्थ्य अवस्था ,सामाजिक सुरक्षा भत्ता पाए नपाएको ,खान वस्न र लगाउनकालागि उपयुक्त ब्यवस्थापन भए नभएको विषयमा र यातायातमा छुट ,दिर्गरोगीहरुलाई दिने स्वास्थ्य सेवा सुविधा पाए नपाएको विषयमा बस्तुगत अध्यान गरिएको बताईन। वृद्ध आश्रमकालागि छुट्याइएको वजेट काम नभएर फ्रिज भएको बताईन्।
जेष्ठ नागरिककालागि देशैभरि छुट्याइएको ४८ करोड बजेटका विषयमा लक्षित गरि कार्यक्रम गरिएको बताईन्। कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी विश्वप्रकास अर्याल रहनुभएको थियोे भने ,जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख राजेन्द्र बाबु रेग्मी लगाएतको उपस्थित रहेको थियोे ।
सामुदायिक प्रहरी सेवा केन्द्र तनहुँका अध्यक्ष दुर्गाभक्त अधिकारीले जेष्ठ नागरिकहरुको स्वास्थ्य ,यातायात र आर्थिकरुपले पछि परेको र जेष्ठ नागरिकहरुको गुनासो नेताले सुन्नेकि सरोकारवाला निकायले हो भन्ने प्रश्न गरे ,जेष्ठ नागरिक पुरुष एकल भए महिला सरह भत्ता पाउनुपर्ने माग राखे, जेष्ठ नागरिकलाई सेवा सम्मान दिनुपर्ने ठाँउमा अपहेलना, उपेक्षा गर्ने गरेको गुनासो गरे।
जातिगत रुपमा ब्राह्मण, क्षेत्री लाई दिईने बृद्धभत्ता र अन्य दलित तथा जनजातिहरुलाई दिईने भत्ता समान रुपमा वितरण गरिनुपर्ने माग गरे। घर ब्यवहारबाट हिंसा र पीडा भोग्ने बृद्धबृद्धहरु जिल्ला भर धेरै भएको प्रति चिन्ता ब्याक्त गरे।
जेष्ठ नागरिक मिलन केन्द्रका पुर्व अध्यक्ष देवनिधि पन्थले जेष्ठ नागरिक ऐन २०६३ अन्तरगत जेष्ठ नागरिक लाई घर भित्र र घर बाहिर गरिने ऐन अनुसार ब्यवहारमा नभएको गुनासो ब्याक्त गरे। राज्यले टेलिफोन ,स्वास्थ्य सेवा,यातायातमा सेवा सुविधा र वृद्ध भत्ता घरघरमा दिने,बृद्धआश्रममा रहेेका बृद्धआश्रम वृद्ध मैत्री हुनुपर्ने ,बृद्धभत्ता घर नपुग्दै आफ्नै छोराछोरी नातीनातिना र छिमेकी बाट अपहेलित हुदा पिडित भएको बताए।