अन्य थपतनहुँ जिल्लाको विशेष समाचारप्रदेश-३ [बागमती]मुख्य समाचारसमाचारहेडलाइन

प्रधानमन्त्री शाहलाई दिल्लीमा भारतीय राज्यमन्त्रीले गरे स्वागत

Share to:

राष्ट्रसंरक्षण डटकम/काठमाण्डौ, मार्ग ६,

इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले प्रधानमन्त्री शाहलाई स्वागत गरे । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने भारत भ्रमणका लागि नयाँ दिल्ली आइपुगेका छन् । प्रधानमन्त्री शाहले आज साँझ भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नेछन् । नयाँ दिल्लीको ताज महल होटलको सुइट ८०३ मा प्रधानमन्त्री बस्नेछन् । सोही होटलमा दुई पक्षीय वार्ता हुनेछ । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले प्रधानमन्त्री शाहलाई स्वागत गरे । उनको स्वागतमा सांस्कृतिक झाँकी पनि प्रस्तुत गरिएको थियो । प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणका लागि दिउँसो २:८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको नियमित उडानमार्फत नयाँ दिल्ली प्रस्थान गरेका थिए । ​प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र, स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, मिडिया व्यवस्थापन संयोजक दीपा दाहाल र संस्कृति तथा सम्पदा समन्वय उप-संयोजक विनय शाक्य छन् । साथै टोलीमा उच्च सरकारी अधिकारी, व्यवसायी तथा सरकारी सञ्चारमाध्यमका ३ जना प्रतिनिधिहरूसहित कुल ३५ जना सदस्य सहभागी भएका छन् ।

Like