गण्डकी प्रदेश सभापतिमा पौडेलको उमेदवारी

Share to:

………………………………….अन्जनराज न्यौपाने ,गण्डकी/ प्रदेश समाचार बिहीबार ९ गते………………………………..
नेपाली काँग्रेस पार्टीको गण्डकी प्रदेश सभाको सभापति पदमा नेपाली काँग्रेसका तनहुँका पुर्व सभापति रघुनाथ पौडेल उमेदवार उठ्ने भएका छन्।
यही मंसिर १६ र १७ गते पोखरामा हुने भएको हो । वि,स,२०२८ सालमा गण्डकी छात्र समितिको सदस्य ,वि,स २०२९ सालमा काँग्रेस नेता कृण्ण प्रसाद भट्टराई सगै १ महिना जेल परेका थिए।वि,स२०३० सालमा शिक्षण पेशामा १४ बर्ष सेवा दिए। २०३२ साल देखि२०४३ साल सम्म नेपाली काँग्रेस तनहुँ सदस्य भै निरन्तर विभिन्न पदमा रहेर आएका अगुवा नेता हुन। सदस्य ,सचिव र उपसभापति हुदै ३ कार्यकाल जिल्लामा २०६७ सालमा सभापति भए ।१२ औ र १३ औं महाधिवेशनमा महासमिति सदस्य भएका थिए।
वि,स २०५३ सालमा ने,का पार्टी ब्यास-३ मा कार्यालयको भवन खरिद भएको , जिल्लाका ४७ वटै स्थानीय तहमा कार् समिति गठन गरे,लगातार १५ बर्ष जिल्ला सभापति हुदा सभापति पदका आकांझी नेता पौडेल स्थिर र दृढ सालिन नेता हुन्र। राजनीतिका अलावा तनहुँ लायन्स क्लव, एम्नेष्टी इन्टरनेशनल ,शिक्षण पेशा ,आदिकवि भानुभक्त क्याम्पस लगाएत अनवरत सामाजिक सेवामा वि,स २०५३मा रेडक्रसको सभापति हुन पुगे। त्रिभुवन मा,वि मानेचौकाको संचालक समितिको सदस्य ,जिल्ला शिक्षा समिति सदस्य ,
आफ्नो कार्यकालमा आफ्नो मातहतका निकाय र केन्द्रीय नेतृत्व सग सुमधुर सम्बन्ध स्थापित गर्न सफल ब्याक्तित्व विभिन्न पालिका,संगठन विस्तार तथा कार्यगत एकताकालागि ,साँङ्गठनिक एकताकालागि आफ्नो उमेदवारी दिएको पत्रकार कार्यक्रम मार्फत वताए । साथै ११ जिल्लाबाट आफुलाई अत्याधिक मतप्राप्त गरि विजयी हुनेमा आफू पुर्ण विस्वस्त रहेको दावी गरे।

Like