Saturday, October 24, 2026
Latest:
मुख्य समाचारराजनीति

जिल्ला सभापतिपदमा न्यौपाने र आलेले दिए उमेदवारी

Share to:

……………………………………………………………………अन्जनराज न्यौपाने / गण्डकी प्रदेश समाचार / मंसिर९ गते बिहीबार*********************************** नेपाली काँग्रेस जिल्ला कार्य समिति तनहुँको ११ गते शनिबार हुने जिल्ला सभापति पदकालागि जिल्ला सभापतिपदमा पुनः बैकुण्ठ न्यौपाने सभापति पदमा उमेदवारी दिएका छन्। यसैगरी पार्टीको सभापति पदका प्रत्यासी अर्का उमेदवार जितप्रकाश आलेले समेत सभापति पदमा उमेदवारी दिएका हुन्।
नेपाली काँग्रेस ब्यास-३ स्थित पार्टी कार्यालयले उमेदवारहरुको अन्तिम नामावली प्रकाशीत गर्दै पार्टीको उपसभापति पदमा उदयराज गौली,किसान गुरुङ ,देवकुमार श्रेष्ठ ,र राजेन्द्र कृण्ण श्रेष्ठले उमेदवारी दिएका छन भने सचिव पदमा केशबहादुर सुनार ,मोहन गिरी,लक्ष्मीभक्त खनाल र सहदेव अधिकारीले उमेदवारी दिएका हुन्।यसैगरी
सहसचिव धिरेश खनाल ,परमेश्वर भट्टराई ,मिलन आले र हुतमाणि अधिकारी उठेका छन ।

क्षेत्र नं-२ वाट सर्व सहमतरुपमा निर्वाचित भएका महासमिति सदस्यहरुमा क्रमशः जीत प्रकाश आले,धुब्र वाग्ले,झुलबहादुर आले,महेश्वर भट्टराई ,राजेन्द्र कृण्ण श्रेष्ठ ,किसान गुरुङ ,डा,कृण्णप्रसाद गौतम ,लक्ष्मी सिग्देल र माया देवि राना,पम्फा थापा ,रामकृष्ण वि,क रहेका छन्।

क्षेत्र न १बाट सर्व सहमत निर्वाचित हुने महासमिति सदस्य पदमा क्रमशः पवित्रा पौडेल ,सरिता गुरुङ र चिनुपोख्रेल महिला तर्फ महासमिति सदस्य रहेका छन्। भने बैकुण्ठ न्यौपाने ,रघुनाथ पौडेल रामचन्द्र पोख्रेल ,रामचन्द्र अधिकारी ,लक्ष्मी आचार्य ,पुर्ण गुरुङ ,आन्नद त्रिपाठी ,डोवाटे वि,क रहेका छन्।

Like