प्रहरी नायव उपरीक्षक तिमल्सिना काठमाडौं सरुवा ,कार्यशैली प्रति जिल्लावासी हर्षित

Share to:

अन्जनराज न्यौपाने गण्डकी प्रदेश तनहुँ । ……………………………………………………………………..जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमल्सिनाको काठमाडौंमा सरुवा भएको छ । बागमती प्रदेश अन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा कार्यालयमा उनको सरुवा भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँमा रहदा प्र,ना,उ तिमल्सिनाले विभिन्न अपराधगरि लामो समय देखि फरार रहेका अपराधीहरुलाई पक्राउ गर्न सफल भए । जिल्लाका विभिन्न स्थानमा छुट्टाछुट्टै अपराध गरि ,झण्डै ४० बर्ष लुकेर फरार रहेका अपराधी लाई पक्राउ गरि कानुनी उपचार दिलाउन सफल भए ।
,कोहि ३० बर्ष ,कोही २१ वर्ष फरार रहेका दर्जनौं अपराधीहरलाईुपनि उनले पक्राउ गरे। लागुऔषध प्रयोग कर्ता र कारोवारीहरुलाई कसैलाई सुराकीका आधारमा कसैलाई खानतलासीका क्रममा त कसैलाई लागुऔषध उत्पादन तथा विक्री वितरण गरिरहेको अवस्थामा रंगेहात पक्राउ गर्नसफल भए । जिल्लाका विभिन्न स्थानहरूमा अबैधरुपले उत्पादित गाँजाका बोटहरु फडानी तथा मदिरा बेचविखन रोकथाम तथा नियन्त्रण गराए।जनताले पुर्णरुपले शान्ति सुरक्षा महशुस गरून् भन्ने उदेश्यले उनले जिल्लाका ब्यस्त बजारहरु आँबुखैरेनी ,डुम्रे ,बन्दिपुर,दमौली ,थर्पु,खैरेनीटार ,भिमाद जस्ता वजारहरुमा कुनैपनि अपराध घट्न नपाओस भन्ने उदेश्यले साधा पोसाक र कार्यालयको पोषाकमा प्रहरी खटाउदा जिल्ला वासीहरुले शान्ति सुरक्षाको अनुभुती भएको महशुस गरेका छन। बन्यजन्तु का हड्डी ,छाला बेचविखन तथा ओसारपसार गर्ने गराउने उपर कार्वाही गराउन सफल बने। जिल्लाका विभिन्न नदीहरुमा अबैध तरिकाले प्राकृतिक उत्खनन गरि दुङ्गा ,गिट्टी ,वालुवा चोरीपैठारी गर्नेहरुलाई नियन्त्रणमा लिई कानुनी दायरामा ल्याउन सफल भए । अबैध रुपमा जिल्लाका खोलानाला नदी ,ताल तलैयाहरुमा माछालाई विभिन्न विषादी ,करेन्ट र बम हान्नेहरुलाइ विशेष सुराकीका आधारमा नियन्त्रणमा लिई कार्बाही गर्न सफल भए । आफनो झण्डै ढेड बर्षै कार्यकालमा जिल्लामा अतिनै उतकृष्ठ ,कर्तब्य निष्ठ,मिडिया मैत्री समन्वयकारीभुमिका निर्वाह गर्ने अति,अनुशासित र समयको परिपालककारुपमा कुशल सक्षम प्रहरी अधिकृतका रुपमा आफुलाई कार्यालयले दिईएको महत्त्वपूर्ण भुमिका निर्वाह गर्न प्र,ना,उ तिमल्सिना सफल भए ।

Like