अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसमाचारहेडलाइन

बागमती सरकारको घरेलु तथा साना उद्योगको प्रवर्दनमा जोड – मुख्यमन्त्री किरण थापा मगर

Share to:

रासंसा/काठमाण्डौ, आश्विन १२,

मुलुकमा बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापा मगरले घरेलु तथा साना उद्योगको प्रवद्र्धन, औद्योगिक सुरक्षा तथा नयाँ उद्यमी उत्पादनका लागि नीतिगत सुधार गर्ने बताउनुभएको छ । स्थानीय उत्पादनको बिक्री तथा प्रवद्र्धनका लागि हेटौँडामा ‘कोसली घर’ निर्माण भइसकेको र जग्गा उपलब्ध भएका अन्य जिल्लामा समेत यसको विस्तार गरिने उहाँले बताउनुभयो । महिला उद्यमीलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउनुका साथै जिल्लास्तरीय औद्योगिक प्रदर्शनीका लागि बजेट व्यवस्था गरिएको मन्त्रीको भनाइ छ । नेपाल घरेलु तथा साना उद्योग महासंघको माइतीघरस्थित सचिवालयमा आयोजित छलफल कार्यक्रममा उहाँले नेपालमा करिब सात लाख साना तथा मझौला उद्योग सञ्चालनमा रहेको उल्लेख गर्दै स्थानीय कच्चा पदार्थको उपयोग, विदेशी मुद्रा आर्जन तथा युवा पलायन रोक्न यस्ता उद्योगको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उद्योग स्थापना भइसकेपछि वरपर बस्ती विकास हुँदा स्थानीय विरोधका कारण उद्योग स्थानान्तरण गर्नुपर्ने समस्या समाधान गर्न प्रदेश सरकारले छुट्टै कानुनी व्यवस्था गरेको उहाँले बताउनुभयो । प्रारम्भिक वातावरणीय परीक्षण लगायत आवश्यक प्रक्रिया पूरा गरी स्थापना भएका उद्योगलाई अनावश्यक स्थानान्तरण हुन नदिई सुरक्षा प्रदान गरिने प्रतिबद्धता मन्त्री मगरले व्यक्त गर्नुभयो ।
उद्योग सञ्चालनका लागि ब्याजदरमा स्थिरता आवश्यक रहेको भन्दै उहाँले विगतमा बैंकको ब्याजदर १४–१५ प्रतिशतसम्म पुगे पनि हाल ६–७ प्रतिशतको हाराहारीमा आएको उल्लेख गर्दै उद्योगीलाई सहज हुने गरी निश्चित ब्याजदर कायम गर्नुपर्ने बताउनुभयो । व्यवसायीलाई अप्ठ्यारो पार्ने ऐन, नियमाबली तथा कार्यविधि संशोधन गर्न प्रदेश सरकार तयार रहेको पनि उहाँले बताउनुभयो । नेपाल घरेलु तथा साना उद्योग महासंघकी अध्यक्ष शोभा गुरुङ्गले उद्योग दर्ता तथा नवीकरण प्रक्रिया सरलीकरण, स्वदेशी उत्पादनको प्रवद्र्धन, प्रविधि हस्तान्तरण, महिला तथा युवा उद्यमशीलता र उद्योगमैत्री सेवा प्रणालीलाई प्राथमिकता दिन माग गर्नुभयो । उहाँले सार्वजनिक निकायले खरिद गर्ने वस्तु तथा सेवामा कम्तीमा ३० प्रतिशत स्वदेशी एमएसएमई उत्पादन अनिवार्य गर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिनुयो । बागमती प्रदेश सरकारले घरेलु तथा साना उद्योग विकास कोष स्थापना गरी सहुलियतपूर्ण कर्जा तथा रुग्ण उद्योग पुनरुत्थानको व्यवस्था, महिला उद्यमीका लागि विशेष बजेट र कार्यक्रम, सरकारी खरिदमा स्थानीय उत्पादनलाई प्राथमिकता तथा एक पालिका–एक विशेष उत्पादन कार्यक्रमलाई ब्राण्डिङ, बजार र निर्यातसँग जोड्नेलगायतका कार्यक्रम ल्याउनुपर्नेमा उहाँको जोड थियो । महासंघकी अध्यक्ष गुरुङ्गले साना तथा महिला उद्यमीका उत्पादनको बजारीकरणका लागि राष्ट्रिय निर्यात गृह तथा बागमती प्रदेश र स्थानीय तहमा ‘कोसेली गृह’ स्थापना गर्न, औद्योगिक ग्राम निर्माणका लागि बजेट व्यवस्था गर्न र महासंघको सहभागितामा राष्ट्रियस्तरको बिक्रीकक्ष स्थापना गर्न माग गर्नुभयो । महासंघ, केन्द्रीय महिला उद्यमी समिति अध्यक्ष रिता अवालले स्थानीय उत्पादन, रोजगारी, महिला तथा युवा उद्यमशीलता र प्रदेशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु-याउँदै आएका घरेलु तथा साना उद्योग पूँजीको अभाव, उच्च ब्याजदर, प्रविधि, बजार, कच्चा पदार्थ तथा आयातित वस्तुसँगको प्रतिस्पर्धाका कारण उद्यमीहरू कठिन अवस्थामा रहेको बताउनुभयो । कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष डम्बर प्रसाद रेग्मी, महासचिव विनोददेव पन्तलयागतले बोल्नुभएको थियो । सो अवसरमा महासंघका उपाध्यक्षहरु हरिहर थापा, मोहन कटुवाल, कोषध्यक्ष विरेन्द्र जत्तिलगायतको उपस्थिति रहेको थियो ।

Like