बाढी प्रभावित क्षेत्रको अवलोकनमा प्रधानमन्त्रीको टोली आज जाने
मुलुकमा प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकनमा निस्किएका छन् । विहीबार विहान ८ बजे उनी काठमाडौंबाट बाढी पहिरो र डुबान प्रभावित विभिन्न जिल्लामा अवलोकन गर्न निस्किएका हुन् । प्रधानमन्त्रीको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्रीत्रय एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर पनि सहभागी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीको टोली प्रधानन्त्रीको सरकारी निवास बालुवाटारबाट सिधै सुर्खेत जाने छ ।
बझाङबाट प्रधानमन्त्रीको टोली बैतडी ल प्रस्थान गर्नेछ । त्यहाँबाट प्रधानमन्त्री देउवा आफ्नो गृह जिल्ला डडेलधुरा प्रस्थान गर्ने छन् । त्यहाँ पनि बिफ्रिङ र अवलोकन गर्ने छन् । त्यसपछि प्रधानमन्त्रीको टोली कञ्चनपुर प्रस्थान गर्ने छ । कञ्चनपुरमा पनि बिफ्रिङ र अवलोकन गर्ने कार्यक्रम छ । कञ्चनपुरको अवलोकनपछि प्रधानमन्त्रीको टोली कैलाली जाने छ ।