फेरि गर्याे उत्तर कोरियाले क्रुज मिसाइलको परीक्षण, १५ सय किमिको दुरीसम्म मार हान्न सक्ने
एजेन्सी ।
उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गरेको छ । दुई वटा नयाँ प्रकारका लामो दूरीका क्रुज मिसाइलको सफलतापूर्वक परीक्षण गरेको दाबी उसले गरेको छ । गत जनवरीमा अमेरिकाको राष्ट्रपतिमा जो बाइडेनले सपथ लिएको बेला पनि उत्तर क्रुज मिसाइल परीक्षण गरेको थियो । केही दिन अघिमात्रै उत्तर कोरिया स्थापनाको ७३औं वर्षगाँठको अवसरमा राजधानी प्योङयाङमा विशाल सैनिक परेड गरिएको थियो । परीक्षण गरिएका ती मिसाइलले १५ सय किलोमिटरको दूरी तय गर्न सक्छन् । उत्तर कोरियाले ती मिसाइललाई ‘महत्वपूर्ण रणनीतिक हतियार’ को रूपमा व्याख्या गरेको छ ।
Like