कास्की ट्राफिक प्रहरीको सुचना संप्रेषण अभियान शुरु
- अन्जनराज न्यौपाने / गण्डकी प्रदेश समाचार / पोखरा / १४ गते बिहीबार
कास्की । जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीले सूचना सम्प्रेषण अभियान शुरु गरेको छ ।
कार्यालयले मंगलबारदेखि उक्त अभियान सुरु गरेको हो ।
कार्यालयका सुचना अधिकारी प्रहरी नायव निरीक्षक पुर्णबहादुर अधिकारीका अनुसार ,
पिएसए (पब्लिक सर्भिस अवारनेस) सवारीसाधन
चालक, सहचालक र आम यात्रुको हितका लागि अडियो सामाग्री बनाईएको सहायक प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए।
कोरोना र सवारी दुर्घटनाका लागि तयार सामग्री प्रत्येक बसमा बजाउन लगाइने ब्यवस्था मिलाईएको छ।
सूचनामूलक सामग्री पोखराबाट छुट्ने प्रत्येक लामो दूरीको बसमा पेन ड्राइभमा दिइने ब्यवस्था छ ।
कास्की जिल्लाका प्रत्येक टिकट काउण्टरहरुमा नियमित बजाउन अनुरोध गरेका छौं प्र.ना,नि अधिकारीले बताए ।
सूचनामा कोभिड नियन्त्रण उपाय साथमा सवारी दुर्घटना न्यूनीकरणका सूचना समावेश छन् । जसले गर्दा कोरोनासँगै सवारी दुर्घटना न्युनिकरण हुने उदेश्य का साथ उक्त अभियान शुरु गरिएको छ उनले भने।
सवारी चालक एब्म सहचालकले सवारीसाधन चलाउदा मादकपदार्थ सेवन गरेनगरेको अनुगमन निरीक्षण गरिने र अनिवार्य, ६/६ घण्टामा चालक परिवर्तन गर्ने अभियान शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता एब्म् सुचना अधिकारी पुर्णबहादुर अधिकारीले जानकारी दिए। हामी निरन्तर जनताको सेवामा छौ कुनै समस्या परे कार्यालयको १०३ नम्बरमा सुचना दिन सकिने समेत जानकारी प्रवक्ता अधिकारीले दिए।
Like