भारत सरकारको स्वागत योग्य कार्य नेपालसरकारलाई दियो ३९ वटा एम्बुलेन्स र ६ वटा स्कुलबस उपहार
अन्जनराज न्यौपाने ,काठमाडौ बैशाख ,९ गते
छिमेकी राष्ट्र भारतले नेपालका विभिन्न जिल्लामा रहेका सरकारी तथा गैरनाफामूलक संघ-संस्थाहरुलाई ३९ वटा एम्बुलेन्स र ६ वटा स्कुल बस उपहार दिएको छ।
नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा भारत सरकारले चासो देखाउनु ,ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न र विद्यार्थीहरुको विद्यालयसम्मको पहुँचलाई सहज बनाउन भारतीय राजदूतावासले सन् १९९४ देखि नेपालका सरकारी तथा गैरनाफामूलक संस्थाहरुलाई प्रत्येक वर्ष एम्बुलेन्स तथा स्कुल बस उपहार दिँदै आएको छ । हालसम्म ८सय६२ वटा एम्बुलेन्स र १सय६६ वटा स्कुल बस उपहार दिइसकेको दूतावासले जनाएको छ ।
भारत सरकारले नेपालको चौतर्फी विकास र हितलाई ख्यालमा राखि सहयोग पुर्याउनु स्वागतयोग्य विषय मान्न सकिन्छ।
स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका नेपालका विभिन्न सरकारी तथा गैर सरकारी संघ-संस्थाहरुलाई उक्त एम्बुलेन्स र स्कुल बस उपहार स्वरुप प्रदान गरिनुले दुई देशबीचको धनिष्ठ सम्बन्ध अझै प्रगाढ रहने छ।
एक कार्यक्रममा एडभान्स लाइफ सपोर्ट, बेसिक लाइफ सपोर्ट र कमन लाइफ सपोर्ट गरी ३किसिमका एम्बुलेन्स प्रदान गरिएको जनाएको छ। यस्ता खाले नियमित सहयोगले आगामी दिनहरुमा मित्रराष्ट भारत र नेपालको सम्बन्ध झनै प्रगाढ , महत्त्वपूर्ण र अर्थपूर्ण रहने छ।
९ गते।