घरभित्र भोकमरी, घरबाहिर महामारी खपेर बाँच्न बाँध्य नेपाली जनता
अन्जनराज न्यौपाने
बैशाख ,९ गते
नेपाली जनताहरु लामो समयसम्म घरभित्र भोकमरी, घरबाहिर महामारी खपेर बाँच्न बाध्य भएका छन्।खान नपाएर भोकले नै मान्छे मरेका खबर प्रसस्त बाहिर आएका छन् भने दिन प्रतिदिन देशको अर्थतन्त्र नाजुक अवस्थामा पुगेको देखिन्छ ।
दैनिक ज्याला मजदुरी गरेर अर्काको खेती मेलापात गर्ने किसानहरु आफुलाई आवश्यक पर्ने दैनिक उपभोग्य बस्तुहरु तेल,चामल ,तरकारी तथा अन्य सामानहरु खरिदकालागि पसलमा जाँदा दाल,चामल ,तेल र तरकारीको भाउ आकाशिएको देखेर रित्तोहात घर फर्कन बाध्य भएका छन्।
कतिपयले त बच्चालाई घरमा भएको केही खुआएर बाबुआमा भने भोकै सुतेका उदहारणहरु नेपालमा प्रसस्त छन्। तेसमाथि पनि उनीहरूले चर्को मूल्य तिरेर किनेका दैनिक उपभोग्य सामानहरु घिउ तेल,चामल, दाल, अमिलो , बेसार ,मसला तथा खाध्यान्नहरु र तरकारीतथा फलफूलहरुमा विषादी र केमिकलको बड्दो मिसावट भेटिन्छ । मिसावट भएका सामानहरुमा सरोकारवाला निकायको बेलामा अनुगमन प्रभावकारीरुपबाट नभएको जनगुनासो उतिकै बड्दो छ।
सरोकारवाला निकाय भने मौन नै देखिन्छ बजार अनुगमन शुन्य छ।ब्यापारीले पुरानो सामानलाई स्टक राखेर मूल्य बृर्दिको मौका पारेर ग्राहकलाई दिनदाहाडै चर्को मुल्यमा सामान बेचविखन गरिरहेको अबस्थामा समेत सरोकारवाला निकाय विना अनुगमन चुपचाप बसेको छ भने विपन्न बर्गका गरिव किसानहरु आकाशीएको चर्को मूल्य तिर्न बाध्य भएका देखिन्छ।
देशमा दिन दाहाडै बनबाट काठ दाउरा चोरीपैठारी भएको छ।विभिन्न नदि नालाबाट ढुङ्गा ,गिट्टी बालुवा अबैधरुपले उत्खनन भएका छन्। विभिन्न खाध्यान्न र सुनका पसलहरुमा दिनदाहाडै चोरी,लुटपाट भएको छ। देशमा बलात्कारपछि हत्याका घटनाहरु श्रृङखला बद्दरुपले बडेका छन् यसबाट जनताले शान्ति सुरक्षाको प्रत्याभूति पाउन सकिरहेका छैनन् , जघन्य आपराधिक घटनाहरु बडेका छन्। पेट्रोल ,डिजेल को मुल्यबृर्दि भएको छ। देशका विभिन्न स्थानहरुमा लागू औंषध कारोबारी दिन प्रति दिन बड्दो छ । स्कुले बालबालिका देखि क्याम्पस ,कलेजका विधार्थीहरु कुलतमा फसेका छन् । जनसंख्या बड्दो छ मृत्यु दर उतिकै बडेको छ। स्कुल कलेज र क्यामसमा चर्को शैक्षिक शुल्क तिर्न नसकि बीचैमा गरीबी का कारण अध्यान गर्न छोडेकाहरुको संख्या झनै बडेको छ। भोकमरी र बेरोजगारीले ग्रसित युवा विदेशी ने क्रम बडेको छ। के बुडापाका सबै जना दैनिक कहाँ जाउ के खाँउ भनेर धुवा भएको कोठामा थुनिएको मान्छे निसासिए जस्तै बजार भाउ बडेर आतिएका छन्। मठ मन्दिरका मुर्तिहरु दिनदाहाडै चोरी भएका छन् ।सम्पतिको नाममा १/२ अाना भएकाहरुले नगरपालिकाको घर बनाउने क्राईटएरिया भित्र नपुगेको कारण घर बनाउन प्रतिवन्ध लगाएको छ।
समाजमा गरिबी ,अशिक्षा र असमानता उतिकै छ। पेटभरि खान नपाएर गरिबका छोराछोरी विभिन्न रोग र कुपोषणको सिकार भएको अवस्थालाई सरोकारवाला निकाय टुलुटुलु मुखदर्शक भै कानमा तेलहालेर बसेको छ। कुनै पनि विकास निर्माणका योजनामा पारदर्शीरुपले कार्यनयन हुन सकेको छैन्। बृद्धआश्रममा बृद्धअबश्थाका मानिसहरुको संख्या दिन प्रतिदिन बड्दो छ । ग्रामीण तथा दुर दराजका गर्ववती महिलाले बेलामा ऐम्बुलेस नपाएर अकालमा ज्यान गुमाएका छन भने स्वास्थ्य चौकीमा सिटामोल र जीवनजल तथा अन्य जटिल रोगका दवाईहरु पाएका छैनन् ।पेटभरि खाननपाएर र स्वास्थ्यकर खानेकुरा नपाउदा बालबालिका कुपोषणको सिकार बनेकाछन। सरकारी अस्पतालमा विभिन्न रोगका विरामीहरुलाई सिटामोल र जीवनजल बाहेक अन्य ओखती छैनन् ,यतिमात्र होइन , अत्याधुनिक सुविधा युक्त स्वास्थ्य उपकरण नहुदा विरामी दैनिक समस्यामा परेका छन्।
नेपालमा ५ वर्ष कम उमेरका बालबालिकाको मृत्यु दर सन् २००० मा ५८ प्रतिशत छ भने सन् २०२० मा आइपुग्दा यो ५ प्रतिशतको हाराहारीमा भेटिएको छ । रोगी, वृद्ध, असहाय, सुत्केरी, गर्भवतीको पीडा सबैतिर जग जाहेर छ भने नेताजीको सुविधा नेपालीले धान्न नसकेको अवस्था छ । मालपोतमा सुक्रिबिक्री गर्दा राजीनामा पासमा गाँउपालिका मा भन्दा नगरपालिका को हकमा बडी राज्श्व तिर्नुपर्दा गरिबहरुले जग्गा राजिनामा पास गर्न नसक्ने अवस्था छ। केही कार्यालयहरुमा नागरिक वडापत्र र गुनासो पेटीका समेत देखिदैन्। पहुँचवालाको काम सोही दिनमा उतिखेरै हुने र अति विपन्न ,गरिब ,अशिक्षित बर्गहरुलाई र विशेषगरी शारीरिक रुपले अशक्त बृद्धअबश्थाका सेवाग्राहीहरुले कार्यालयमा सोही दिनमा हुने काम दुई देखि ३ दिन सम्म धाउने र दुरदराजबाट आएकाहरुले भने होटल बस्न बाध्य भएको जनगुनासो सुनिन्छ। कार्यालयका साना देखि ठुला खाले कामहरूमा अधिकांश बीचौलीयाहरुको कारण आर्थिक अभाव झेलिरहेका बर्गहरु समस्यामा पर्ने गरेको जनगुनासो छ।
अब नेपालको चौतर्फी विकासकालागि सांसद विकास कोषलाई झिक्नु जरुरी छ। महँगा गाडी, जिमखानाका , दैनिक खाजा खर्च, बैठक भत्ता,अनाबश्यक शीर्षक मा बाडफाड भएका बजेट को रोक तथा नियन्त्रण नगरी आफ्ना निकट र खेमाका मान्छेहरुलाई मकै बाँडेझै बजेट बाँडिदिदा निमुखा र सोझा सिधा मर्कामा परेका छन्। विकास गर्नुपर्ने स्थानमा नभै अनावश्यक क्षेत्रमा बजेट परेको जनगुनासो छ। कार्यालय प्रयोजन बाहेक अनावश्यक रुपमा सवारीसाधनमा इन्धनको खर्च, शौचालयमा भएका ठूला खर्चलाई कटाएर किसानको राहत प्याकेजमा लगाउन सकेको भए देश कृषिमा आत्मनिर्भरतातिर अघि बढ्थ्यो यसमा दुई मत नै छैन भन्छन् विज्ञहरु।
नेपालमा महाभुकम्प,कोरोना,सलह र केही समय स्थिर भएको कोरोना पुनः वहाली भएको छ। यति मात्रै कहाँ होर भएन भनेर बाताबरण प्रदुषणका कारण ऐतिहासिक ,पर्यटकीय तथा धार्मिक स्थलहरु प्रत्यक्ष प्रभावित भएका छन्। स्कुले बालबालिकाहरुलाई विधालय जान देखि कोरोना कहरको डर उतिकै छ। बृद्धअबश्थाका ,शारीरिक मानसिक अबस्थामा अशक्त र अपांगता भएका ब्याक्तिहरुलाई कसरी बचाउने साहै नै समस्या परेको अबस्था छ। , लामो गरिबी, र बेरोजगारी जलवायु परिवर्तन , कोरोना संक्रमण र भोकमरीको समस्या अझैपनि थपिने अनुमान गरिए छ भने जंगलमा सल्किएको आँगो गाउँ नजिकै रहेको घर ,गोठमा सल्किएर गाँउनै सखाफ पारेको छ। राज्यले यस विषयमा बेलैमा सचेतहुन जरुरी छ।
I