गुडीरहेको ट्रकमा आँगोलाग्दा ट्रक पुर्णरुपले जलेर ध्वस्त

Share to:

अन्जनराज न्यौपाने ,गण्डकी प्रदेश तनहुँ ,३ गते शनिबार

तनहुँ । जिल्ला स्थित ब्यासनगरपालिका -१२ कमलबारी भन्ने स्थानमा दमौलीबाट डुम्रे तर्फ जादैगरेको लु३०च११९ नम्बरको ट्रकमा अचानक आफै आँगोलागी हुदा पुर्णरुपमा क्षतिग्रस्त भएको छ। शनिबार विहान ५ : ४० बजेको समयमा उक्त सवारीसाधनमा आँगो लागेको हो। दमौलीबाट गएको दम्कलको सहायताले उक्त आँगो निभाउन सफल भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी जवान अनिल पाण्डेले जानकारी दिए।
आग्लागीबाट कुनै मानवीय क्षतिभने नभएको उनले जानकारी दिए। उक्त ट्रकमा सवार रहेका सवारी चालक र सहचालक भने सकुशल रहेका छन्।
Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *