तिमल्सेना बन्धुद्धारा छात्रावासमा विभिन्न खाद्यान्न सहयोग हस्तान्तरण

Share to:
अन्जनराज न्यौपाने ,गण्डकी प्रदेश तनहुँ ,माघ२ गते शुक्रबार


तनहुँ । जिल्लाका विभिन्न स्थानहरुमा बसोबास गर्दै आएका तिमल्सेना बन्धुहरुले छात्राबासलाई खाधान्य सहयोग हस्तान्तरण गरेका छन्। ब्यास-१ भादगाउ स्थित आदिकवि भानुभक्त क्याम्पसद्वारा संचालनमा आएको शहिद चन्द्र नेपाली छात्रावासलाई तिमल्सेना बन्धुहरुले ४ बोरा चामल, तेल १ प्याक , दाल १० केजी खाद्यान्न सहयोग गरेका हुन्।
उक्त सहयोग हस्तान्तरण जिल्लाको उतर- पश्चिम भेगको ब्यासनगरपालिका -८ बाहुनपोखराबाट स्थानतरण भै आएका तिमल्सेनाबन्धुमा आदिकवि भानुभक्त क्याम्पसका अध्यक्ष ब्रम्हदत्त तिमल्सेना, समाजसेवी रामजीप्रसाद तिमल्सेना, समाजसेवी सूर्य तिमल्सेना, समाजसेवी एब्म् नेपाल टेलिभिजनका तनहुँ संवाददाता मदन तिमल्सेना, र समाजसेवी गोविन्द तिमल्सेनाले छात्रावासमा चामल, दाल, तेल लगायत खाद्यान्न सामाग्रीहरु छात्रावासकी प्रमुख कल्पना लम्साललाई हस्तान्तरण गरिएको थियो।
उक्त अवसरमा आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले उक्त सहयोग सामाग्री हस्तान्तरण कार्यक्रमका क्रममा बोल्दै सहयोगको उच्च प्रसंसा गरे । क्याम्पस प्रमुख हड्खलेले यस्ता खाले विसुद्द सामाजिक मनहरुको सहयोगबाट छात्राबासलाई सहजरूपमा संचालन गर्न गराउन सहयोग पुग्ने बताए । क्याम्पसमा संचालित छात्रावासमा २६ जना छात्राहरु बस्दै आएका छन्।

संचारकर्मी मदन तिमल्सेना खाध्यन्न सहयोग हस्तान्तरण गराउनेे क्रममा

Like