महिला शस्क्तिकरण संचार समाजले गर्यो ब्यासनगरको सार्वजनिक सुनुवाइमा सहजिकरण
- महिला शस्क्तिकरण संचार समाज तनहुँले जनताले नगरपालिकाबाट लिने सेवा सुविधा र समस्या समाधानका विविध विषयमा
मंगलबार ब्यास-३ स्थित न ब्यास गरपालिकाको प्राङ्गणमा प्रथम चौमासिक गतिविधि अन्तरगत जनता सङ्ग स्थानीय तह विषयक सार्वजानिक सुनुवाई कार्यक्रम एक कार्यक्रम बीच सहजिकरण गरेको छ। विविधता हाम्रो गाउँ शहर, समृद्ध मेरो व्यास नगर भन्ने मुल नाराबोकेको व्यास नगरपालिकाले आफना १४ वटा वडा र ब्यासनगरपालिकाको कार्यालयबाट स्थानीय स्तरमा सेवाग्राहीलाई दिईने सेवा सुविधाको प्रगति र चौमासिक समिक्षा विवरण प्रस्तुत गर्ने क्रममा महिला शसक्तिकरण संचार समाजको सहयोगमा सहजिकरण गरिएको हो।
उक्त सार्वजनिक सुनुवाइ कार्यक्रमको सवाल जवाफ दिन ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने सोही कार्यालयका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल ,नगरउपप्रमुख मिरा जोशी ,आलेप शाखा प्रमुख कुमार कंचन जि,सि
शिक्षा तथा सामाजिक शाखा प्रमुख नगेन्द्र प्रसाद रेग्मी ,,आर्थिक पुर्वाधार विकास शाखा प्रमुख राजेन्द्र कार्की ,शहरी पुर्वाधार तथा प्राविधिक शाखा प्रमुख डा.राजु पौडेल ,स्वास्थ्य तथा जन संख्या शाखा प्रमुख प्रमोद सोती,सामान्य प्रशासन तथा जनशक्ति शाखा प्रमुख मेघनाथ आचार्य ,वितिय ब्यबस्थापन शाखाका प्रमुख हेमन्त थापालगाएतले नगरवासीले सोधिएका समसामयिक गतिविधिहरुका वारेमा प्रतिक्रिया दिएका थिए।
ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले स्थानीय वासीले सोधिएका प्रश्नहरुको जवाफ दिने क्रममा नगर भित्र बाँझो रहेका खेती योग्य उर्वर भुमीहरुको पल्टिङगर्न पुर्ण रुपले रोक लगाईएको जानकारी दिए। १४ वटा वडाहरुमा समानुपातिक ढंगबाट समानान्तर बजेट बिनियोजन गरिएको जानकारी उनले दिए। स्वईक्षाबाट प्राकृतिक दोहन गर्ने गराउनेलाई ,बन जंगल फडानी काठपात चोरीपैठारी गर्ने ,खोला नदीनालाहरुमा अबैध तरिकाले माछा मार्ने , माछालाई बीस हाल्ने,बम पड्काउने ,करेन्ट लगाउने उपर कानुनी कार्वाही गरिएको बताए । नगरभित्र संचालनमा आएका ढुङ्गा खानी, ईट्टाभट्टा, खेतीयोग्य जमिनहरुमा पल्टिङ गर्ने गराउने , अबैध तरिकाले सार्वजनिक जग्गा उत्खनन भएका स्थानहरू भए व्यापक अध्यान अनुसन्धानगरि आबश्यक कार्वाही गरिने छ उनले भने।नगरभित्र संचालित कृषि र उधोग ब्यबसायलाई अझ थप प्रभावकारी र मजबुत बनाउन ,कृषिमा कृषकबर्गलाई आत्मनिर्भर बनाउन विभिन्न स्थानहरूमा रहेका घाटहरु उधोग ,ब्यबसाय , कुखुरा पालन,पशुपालन,पंक्षीपालन माछापालन, औषधी व्यवसाय , लगायतका व्यवसायहरुलाई गैरकानुनी तरिकाले संचालनमा आएनआएको बारेमा तिव्र रुपले अध्यान, अनुसन्धान गरिने जानकारी दिए । उनले सहभागीहरुको प्रतिक्रिया दिदै नगरपालिकाले मासिक रुपमा सार्वजनिक सुनुवाई गर्दै आएको वताए। यस्ता खाले समय सान्दर्भिक कार्यक्रमले जनस्थरमा वडाका गतिविधिका वारेमा थप जानकारी बोध हुदा सेवाग्राही र कार्यालयलाई समेत सहज भएको बताए । समाजको सक्रियतामा संचालित जनहितकारी सचेतना जगाउने ,बौद्धिक कार्यक्रम आगामी दिनहरुमा समेत निरन्तरता दिनुपर्ने बताए ।
नगरप्रमुख न्यौपानेले सवाल जवाफका क्रममा नगरबासीको मौलिक हक, अधिकार, उनिहरुले तिरेको विविध कर, सरकारको बजेट र नगरवासीलाई सेवा र थप सुविधाका लागि कार्यनव्यन पक्षलाई पारदर्शी बनाउने उद्देश्यले विभिन्न समयमाहरुमा यस्ता खालका सचेतनामूलक कार्यक्रमहरु गर्दै आएका छौँ उनले भने। व्यास नगरपालिकाले सार्वजनिक जग्गा उत्खन्न गर्न नदिने र वातावरणिय तथा भैगोलिक अवस्था अध्ययन गरे पश्चात मात्रै उत्खनन गर्न अनुमति दिईने बताए । नगरपालिकाको कार्यलयले सार्वजनिक जग्गा संरक्षण गर्ने अभियानमा लागेको समेत उनले जानकारी दिए। यसैगरि नगरभित्र बसोबास गर्ने अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या समाधानका लागि नगरपालिकाले उच्चस्तरीय पहल कदमी गर्नेछ उनले भने । केही स्थानहरुमा बद्शाला निर्माण गर्ने नाउमा जग्गा अधिकरण गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको छ उनले भने ।
प्रथम चौमासिक गतिविधिका बारेमा जनता सङ्ग स्थानीय सरोकारवाला निकाय , जनप्रतिनिधि र ब्यास नगरपालिकाका कर्मचारीहरुले सोधिएका प्रश्नको प्रतिक्रिया दिएका थिए।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले नगर क्षेत्र भर प्रत्येक सोमबार कोरोनाको पि.सि.आर चेक जाँच १ बजे देखि गरिने वताए । स्वास्थ्य चौकीमा ३ महिनाका सम्मका लागि स्वास्थ्य सामाग्री स्टक रहेको समेत जानकारी उनले दिए।उनले विद्यालयमा कक्षा-६ देखि१२ कक्षा सम्मका छात्रा विधार्थीहरुलाई सेनिटरी प्याड निसुल्क वितरण गरिएको बताए । व्यास नगरपालिका भित्र कुल कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या ४सय३० पुगेको जानकारी समेत उनले दिए।कुल २८सय६५ जनामा कोरोना संक्रमण भएकोमा हाल सम्मा नगरका ७ जनाको मृत्यु भईसकेको पुष्टि भएको बताए । जसमा कुल १९ स्वास्थ्यकर्मीहरु कोरोना सङ्क्रमित भएका थिए ।
यसैगरी आर्थिक पुर्वाधार विकास शाखा प्रमुख राजेन्द्र कार्कीले सोधिएका प्रश्नको प्रतिक्रिया दिने क्रममा कृषि तर्फ धान खेतीको बिऊका लागि कुल २० लाख, माछा पालनका लागि १५ लाख, स्थानीय स्तरमा उत्पादित दुधका लागि १५ लाख बजेट छुटइएको बताए । आलुको बिउका लागि नगर भित्र १३ समूहबाट उत्पादन गरिएको बताए । यसैगरी पर्यटनका लागि १ करोड विनियोजन गरेको छ उनले भने, साना सिचाईका कार्यक्रमका लागि १० लाख विनियोजन गरिएको छ उनले भने।
यसै गरि यन्त्रिकरणका लागि ५० लाख र ४० लाखमा दुईवटा फोरहुइल ट्याकटरहरु निकट भविष्यमा नै खरिद गरिने लक्ष्य रहेको बताए । फलफुल तथा तरकारी बिउबिजन र अर्गानिक सब्जी बजार स्थापनागरि निशुल्क रुपमा नगरपालिकाले स्थानको व्यवस्थापन गरिने जानकारी दिए।
व्यास नगरपालिका शिक्षा शाखाका प्रमुख नगेन्द्र प्रसाद रेग्मीले नगर भित्र ७५ वटा समुदायिक विद्मालय र ४५ वटा संस्थागत विद्मालयहरु रहेको मा ११ हजार ३४ विद्मार्थीहरु अध्ययानरत रहेको बताए । उनले साउन देखि कातिक सम्मका सबै सामुदायिक विद्मालयका शिक्षकहरुले तलब खाइसकेको जनकारी उनले दिए । उनले कोरोन संक्रमणका कारण १० बजे देखि ४ बजे सम्म विद्मालयमा विद्मार्थीले पूर्ण रुपमा अध्यान गर्न नपाएका बताए । विद्मालयमा किशोरीहरुको लागि आइरान ट्याप्लेट र कक्षा ६ देखि १२ कक्षा सम्मका विद्यार्थीहरुलाई निशुल्क सेनेटरी प्याट वितरण गरिएको जनकारी दिए । सामुदयिक विद्यालयहरुमा १४ दरबन्दी घटेकोमा १९ दरबन्दी खाली रहेको जानकारी उनले दिए ।
यसैगरी व्यास नगरपालिकाले नगर भित्रका सबेै तहका विघालयहरुमा दरबन्दी मिलानका कार्याक्रमहरु शुरु गरिसकेको प्रमुख रेग्मीले बताए ।
महिला शस्क्तिकरण संचार समाजकि अध्यक्ष प्रकृति खनाल न्यौपानेले सहभागी१४ वडाका अध्यक्षहरुसग र ब्यासनगरपालिकाका विभिन्न शाखाका प्रमुखहरु सग समसामयिक विषयहरुमा साक्षतकार सहित सहजिकरण गरेकि थिईन्।
वडानगरवासीहरुसग सार्वजनिक सुनुवाइ कार्यक्रममाको अन्तरक्रिया का क्रममा १४वडा का वडाध्यक्षहरु क्रमशः खरसिहं दरै,काशीराम श्रेष्ठ ,प्रेमकुमार श्रेष्ठ ,विश्वराज न्यौपाने ,मोहनकुमार श्रेष्ठ ,सुर्यभक्त भण्डारी ,सतिशचन्द्र न्यौपाने ,सुरेश थापा,ओजराज पौडेल ,तुलसीराम सापकोटा ,निरबहादुर खड्का ,तोत्रबहादुर कुवर ,लेखबहादुर राना र ब्यास१४ का वडाध्यक्ष काजीमान श्रेष्ठले स्थानीय तहमा भए गरेका आफ्ना कामकारबाहीहरुका विविध विषयहरुमा प्रतिक्रिया दिएका थिए।
उक्त कार्यक्रममा सोही महिला शसक्तिकरण संचार समाजकि विमला दवाडी ,अन्जु दहाल,सुनिता आचार्य ,शिला वाग्ले,विन्दु नैनावस्ती,कोपिला सुनार,अजिमा खातुन लगातका संचार कर्मीहरुको सक्रियता रहेको थियोे ।
Like