रोट्रयाक्ट क्लव दमौलीद्वारा विद्यार्थीलाई जुत्ता र शैक्षिक सामाग्री हस्तान्तरण
अन्जनराज न्यौपाने ,गण्डकी प्रदेश तनहुँ ,पौष,२० गते आईतवार रोट्रयाक्ट क्लव अफ दमौलीद्वारा विद्यार्थीलाई जुत्ता र शैक्षिक सामाग्री हस्तान्तरण गरेेको छ।
क्लबले आइतबार व्यास-११ सेरा स्थित वसन्त आधारभुत विद्यालयमा उक्त सामाग्री सहयोग गरेको क्लबका अध्यक्ष राज कुमार श्रेष्ठले जानकारी दिए ।
क्लबले २१ जोर जुत्ता मोजा र शैक्षिक सामग्री विद्यालयलाई सहयोग गरेको हो । क्लबका नििर विशाल श्रेष्ठको जन्मदिनको अवसरमा श्रेष्ठ र क्लबले संयुक्त रुपमा उक्त सामाग्री विद्यार्थीलाई सहयोग गरेको हो ।
कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष राजकुमार श्रेष्ठले गरेका थिए । त्यस्तै कार्यक्रममा प्रमुख अतिथि व्यास-११ का वडाअध्यक्ष निर बहादुर खड्का रहेका थिए ।
सो अवसरमा प्रमुख अतिथि वडाअध्यक्ष खड्काले जन्मदिनमा होटलमा एकछिनको रमाइलो भन्दा सामाजिक तथा शैक्षिक क्षेत्रमा यस्तै खाले सहयोग गर्नुपर्ने बताए । उंनले भने “निम्न आए भएका व्यक्तिलाई सहयोग गर्नु नै मानविय धर्म हो ।”
त्यस्तै क्लबका अध्यक्ष राजकुमार श्रेष्ठले बालबालिका भोलिका कर्णदार भएकाले शैक्षिक सहयोगले टेवा पुग्ने बताए । समाजमा आवश्यक परेका बेला रोट्रयाक्ट सदैव साथ रहने अध्यक्ष श्रेष्ठले बताए ।
कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष मनोज राउत, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खनाल, विद्यालयकी प्रधानाध्यापक शर्मिला ओझा लगाएतले बोलेका थिए ।
कार्यक्रमको संचालन क्लबका सहसचिव किरण श्रेष्ठले गरेका थिए । त्यस्तै स्वागत क्लबका कम्युनिटि सर्भिस डिरेक्टर श्रीराम गन्धर्व र धन्यवाद क्लबका डिरेक्टर चियर विशाल श्रेष्ठले गरेका थिए । यसैगरी नै विद्यार्थीलाई दमौली व्हिलर्सले पनि न्यानो लुगा र खेलकुद सामाग्री हस्तान्तरण गरेको छ। जिल्लाको भानु-५ सरस्वति सदन माध्यमिक विद्यालयका विद्यार्थीलाई दमौली व्हिलर्स एण्ड बाइकर्स पोइन्टले न्यानो लुगा र खेलकुद सामाग्री सहयोग गरेको हो।
[शिक्षा त्यो मोमबत्ति समान हो जो आफू जलेर अरुलाई प्रकाश दिन्छ। ]
विद्यालयको पुर्वविद्यार्थी मन्चको संयोजनमा दमौली व्हिलर्स एण्ड बाइकर्स पोइन्टले न्यानो लुगा र खेलकुद सामाग्री सहयोग गरेको हो । विद्यालयका ५० जना विद्यार्थीलाई ५० थान निलो सुइटर र खेलकुद समाग्रो सहयोग गरेको दमौली व्हिलार्सका प्रोप्राइटर मिरन नेपालीले बताए । त्यस्तै खेलकुद सामाग्री अन्तर्गत भलिबल २ थान, फुटबल १ थान, भलिबल नेट १ थान, ब्याटमिन्टन २ थान, काक सेट १ थान, बल पम्प १ थान, डोली ३ थान, चेस ३ थान र रिङ ३ थान रहेका छन् ।
उक्त न्यानो कपडा सहयोग कार्यक्रमको अध्यक्षता पुर्व विद्यार्थी मन्चका अध्यक्ष किरण श्रेष्ठले गरेका थिए भने प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार शाही रहेका थिए ।
सो अवसरमा प्रमुख अतिथि शाहीले न्यानो कपडा र खेलकुद सामाग्रीले विद्यार्थीलाई सहयोग पुग्ने बताए । त्यस्तै विद्यालयका प्रधानाध्यापक बाबुराम रानाभाटले सहयोगी हात प्रति धन्यवाद ज्ञापन गरे ।
त्यस्तै शैक्षिक क्रियाकलापमा सहयोग पुग्ने पुर्व विद्यार्थी मन्चका अध्यक्ष किरण श्रेष्ठले बताए । उनले अगाडि भने “सानो सहयोगले विद्यार्थीहरु लाई जाडोमा विद्यालय आउन सहज हुनेछ ।’
कार्यक्रममा स्वागत विद्यालयका प्रधानाध्यापक बाबुराम रानाभाटले गरेका थिए । त्यस्तै कार्यक्रमको संचालन पुर्व विद्यार्थी मन्चका सचिव रविन्द्र खातीले गरेका थिए । विद्यालयमा २ सय ३६ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।
सहयोगी संस्था दमौली व्हिलर्स एण्ड बाइकर्स पोइन्टबाट मिरन नेपाली, रमेश नेपाली, आशिष तिमल्सेना, विष्णु विश्वकर्मा र मनोज सुनार लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्वअध्यक्ष मोहन खाती, पुर्व विद्यार्थी मन्चका सदस्य सुरेश श्रेष्ठ, लक्षमण पोख्रेल, विष्णु अधिकारी लगाएतको उपस्थिति रहेको थियो ।