सुनारद्वरा ३५ थान स्विटर गरिब तथा जेहन्दार विधार्थीलाई हस्तान्तरण

Share to:
अन्जनराज न्यौपाने ,गण्डकी प्रदेश तनहुँ पौष,१९ गतेे आईतवार जिल्ला को व्यास नगरपालिका -१० सेवर स्थित सर्वज्योति माध्यमिक विद्यालयका गरिव तथा जेहेन्दार बिद्यालयलाई एक कार्यक्रमका बीच स्विटर वितरण गरिएको छ ।
व्यास- २ दमौलीमा रहेको निरज फेशन गार्मेन्टका प्रोपाईटर तुल बहादुर सुनारले ३५ थान स्विटर हस्तान्तरण गरेका हुुुुन्।
सर्वज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन तिमल्सेनाको सभापतित्वमा भएको उक्त कार्यक्रममा व्यास नगरपालिका वडा नं.१० का अध्यक्ष तुलसीराम सापकोटाले समाजमा अति विपन्न वर्गहरुको पहिचान हुनु र दानीलाई कहिलै हानी नहुने बताउदै मानवले जीवनमा मानवीय कार्य निरन्तर गर्न सक्नुनै सच्चा मानवता भएको बताउदै सुनारको उच्च प्रसंसा गरे।
न्यानो सुईटर वितरण कार्यक्रमका सभापति एब्म् सोही विधालयका अध्यक्ष मदन तिमल्सेनाले बिद्यालयलाई सुनार जस्ता दानबीरहरुको सहयोग हुदाँ गरिव तथा जेहेन्दार अति विपन्न बर्गका स्कुले विधार्थीहरुलाई विधालयमा अध्यान गर्न रुचि जगाउने बाताबरण सृर्जना हुने वताउदै सुनारलाई सहयोग गरेकोमा धन्यवाद दिए।
कार्यक्रममा बिद्यालयका पूर्व प्रधानाध्यापक अमृत पन्त, सोही विधालयका पुर्व प्रधानाध्यापक चन्द्रकान्त बास्तोला र विद्यालय व्यवस्थापन समितिका सदस्य ईश्वर पौडेलले मानवीय गतिविधिले सुनारको ईज्जत् र चौतर्फी प्रशंसा भएको बताए ।
सो विधालयमा यस अधि खड्गबहादुर अधिकारीलेपनि ३० थान शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए।
Like