भोटेकोशी बाढी महाविपत्तिले बजारमा तीजको चहलपहल छैन
र्रासंसा/काठमाण्डौ, भाद्र २६,
मुलुकमा हिन्दु नेपाली महिलाहरूको तीज नजिकिँदै छ, तर बजारमा विगतका वर्षहरूमा जस्तो चहलपहल देखिँदैन । यसको मुख्य कारण हो हालै रसुवाको भोटेकोशी नदीमा आएको अप्रत्यासित र असाधारण बाढी । बाढीको महाविपत्तिले देश नै शोकमा रहेको बेला बजारमा किनमेल गर्ने मात्रै होइन, होटल र पार्टी प्यालेसमा हुने तीजका कार्यक्रम पनि ह्वात्तै घटेका छन् । शुक्रबार ललितपुरको प्रमुख बजार क्षेत्र लगनखेल पुग्दा बजार सुनसान जस्तै देखिन्थ्यो । लगनखेलमा रहेको एक सुन पसलकी सञ्चालक रोजी जोशी यसपालि तीज नै नलागेको सुनाउँछिन् । अघिल्ला वर्षहरूमा तीजका बेला सुनचाँदी गहना किन्ने महिलाहरूको घुइँचो नै लाग्थ्यो । यद्यपि यसपालि सुनको मूल्यमा भएको अत्यधिक वृद्धि पनि एक कारण हो । किनमेलका लागि लगनखेल आएकी इन्दिरा थापा क्षेत्री देशको असहज परिस्थितिलाई ध्यानमा राख्दै धेरै तडकभडक र फजुल खर्च नगरी सामान्य रूपमा मात्र तीज मनाउने बताउँछिन् । अनावश्यक खर्च बचत गरी बाढीपीडित र असहायलाई सहयोग गर्नु नै अहिलेको आवश्यकता रहेको उनी सुझाउँछिन् । बाढी र पहिरोका कारण लाइफलाइन राजमार्ग बन्द हुँदा आवश्यक सामान ढुवानी हुन सकेको छैन । वैकल्पिक बाटोबाट ल्याउँदा ढुवानी खर्च बढ्दा सामान पनि महँगो चुरा व्यवसायी सन्जीव अनु बताउँछन् । विस्तृत भिडियोमा हेर्न सकिन्छ ।
