पोखरा विमान दुर्घटनाको शोकमा आज सार्बजनिक बिदा
रासंसा/काठमाण्डौ, माघ २,
मुलुकमा हिजो पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा आज सरकारले सार्बजनिक बिदा दिएको छ। घटनाको छानबिन गर्न हिजैसरकारले ५ सदस्यीय दुर्घटना जाँच आयोग पनि गठन गरेको छ। पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको हो। विमान दुर्घटनाको शोकमा झण्डा झुकाउने निर्णयसमेत हिजो बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ। हिजो बिहान काठमाडौंबाट पोखराका लागि छुटेको यती एयरलाइन्सको ९(एन(एनएसी ७२ विमान पोखराको सेती खोंचमा दुर्घटना भएको थियो। विमानमा चालक दलसहित ७२ जना थिए।
Like