पाइलट केसीले ३५ वर्षदेखी विमान उडाउदै आएका थिए
रासंसा/काठमाण्डौ, माघ २,
मुलुकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६८ यात्रु लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि गएको यती एयरलाइन्सको विमान उडाउने चालक थिए पोखराका कमल केसी । केसी शालिन, भद्र स्वभाव भएका लामो अनुभव सँगालेका चालक हुन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा चालक केसीले उडाएको विमान दुर्घटनामा परेको हो । केसीलाई उडानमा साथ दिइरहेकी थिइन् सहचालक अञ्जु खतिवडा सो विमान दुर्घटनामा ज्यान गुमाएका चालक केसीले उडाएको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि आइतबारको छैठौं नम्बरको तालिकामा थियो । उनले आफ्नो उमेरको दुई तिहाई समय आकासमै बिताए । जीवनको ३५ वर्ष विमान उडाए । हजारौं घन्टा आकासमा उडे। एकपटक पनि सामान्य दुर्घटनासम्ममा नपरेका चालक केसीकालागि आइतबारको दिन जीवनकै पहिलो दुर्घटना थियो । यही नै उनको जीवनको अन्तिम र कहिल्यै फिर्ता नहुने दुर्घटनाको दिन भइदियो ।
उनले आफ्नो उमेरको दुई तिहाई समय आकासमै बिताए । जीवनको ३५ वर्ष विमान उडाए । हजारौं घन्टा आकासमा उडे। एकपटक पनि सामान्य दुर्घटनासम्ममा नपरेका चालक केसीकालागि आइतबारको दिन जीवनकै पहिलो दुर्घटना थियो । सुरुमा १९ सिट क्षमतायुक्त ‘ट्वीनअटर’ विमानमा सहचालकबाट आफ्नो विमान उडान ‘करियर’ सुरु गरेका केसी त्यसपछि चालक भएका थिए। निगममा विमान उडाउँदै जाने क्रममा केसी ट्वीनअटर विमानको प्रशिक्षक (इन्स्ट्रक्टर) पाइलट बनेका थिए । केसीका सहकर्मीहरुका अनुसार ३५ वर्षअघि सन् १९८८ मा नेपाल वायुसेवा निगममा सहचालकबाट चालकको करियर सुरु गरेका उनी सधैं उड्डयन नियम अक्षरशः पालना गर्ने राम्रो पाइलट थिए । चालक केसीसँग करिब एकदशक सँगै विमान उडाएका एक बरिष्ठ क्याप्टेनले भने, ‘केसीले उडाएको विमान दुर्घटनामा परेको सुन्दा म त स्तब्ध भएँ । उनलाई झल्झली सम्झिरहेको छु । सायद, प्राविधिक कारण दुर्घटना भएको हुनुपर्छ । उनी गल्ती गर्ने पाइलटै होइनन् ।’ यतीको सेवा सुरु गर्नुअघि केसीले १८ वर्ष नेपाल वायुसेवा निगममा विमान उडाएका थिए । तर, वायुसेवा निगममा करियर अघि बढ्ने नदेखेपछि केसीले सन् २००६ जुन–जुलाईतिर राजीनामा दिएर निजी वायुसेवा कम्पनी यती एयरलाइन्समा प्रवेश गरेका थिए । चालक केसीले अमेरिकाबाट पाइलट तालिम लिएका थिए । पोखरा जन्मथलो भएका केसीले अन्तिम श्वास पनि पोखरामै लिए । चालक भएपछि काठमाडौंको बुढानीलकण्ठ हात्तीगौंडाको आफ्नै घरमा बस्दै आएका केसीका श्रीमती र दुई छोरा छन् । यती एयरलाइन्सको सो विमान दुर्घटनामा परेकी सहचालक हुन अञ्जु खतिवडा । करिब ४० वर्ष उमेरकी अञ्जुले यो विमान सह चालकका रूपमा उडाए पनि यती एयरलाइन्समा उनी क्याप्टेन नै थिइन्। हालै उनी कोपाइलटबाट क्याप्टेनमा पदोन्नति भएकी थिइन् । त्यसबेला क्याप्टेन किरण मल्ल थिए । ‘आइतबार पोखरामा जसरी अञ्जुले उडाएको विमान दुर्घटना भयो, १७ वर्षअघि जुम्लामा उनको श्रीमानले उडाएको विमान पनि त्यस्तैगरी दुर्घटनामा परेको थियो’ ती सहकर्मीले भने । अञ्जुको पनि सायद लेखान्त ‘दर्दनाक’ थियो । उनले आफ्ना श्रीमान क्याप्टेन दीपक पोखरेललाई पनि सन् २००६ मा जुम्लामा भएको यती एयरलाइन्सकै अर्को विमान दुर्घटनामा गुमाएकी थिइन् । ‘श्रीमान श्रीमती दुवैजना आफैंले उडाएको विमान दुर्घटनामा परेर अस्ताए’ आइतबारको पोखरा भएको दुर्घटनामा ज्यान गुमाएकी कोपाइलट अञ्जुका सहकर्मी चालकले भने, ‘दुवैको लेखान्त यस्तै रहेछ । अञ्जु साह्रै मिलनसार र सहयोगी थिइन् । हामीले अझै विश्वास गर्न सकिरहेका छैनौं ।’ अञ्जुकी सहकर्मीका अनुसार सन् २००६ जुन महिनामा सुर्खेतबाट जुम्ला उडेको यती एयरलाइन्सकै १९ सिटे ट्वीनअटर विमान दुर्घटनामा परेका अञ्जुका श्रीमान दीपक कोपाइलट थिए ।