नयाँगीत ‘मगरनी मोरी’ रिलिज हुर्दै

- सुरेश सुनार ,पौष १३ गते दमौली ,तनहुँ आरसि विश्वकर्माको ‘मगरनी मोरी’ नामक गीति एल्वभ रिलिजको तयारीमा रहेको छ । उक्त गीतमा स्वर आरसि विश्वकर्मा र ज्योति मगरको रहेको छ । गीतको लय र सिर्जना भने स्वयम गायक विश्वकर्माले नै गरेका छन् । उक्त गीति एल्बम यहि पूस १७ गते रिलिज हुने भएको छ।
- यस गीति एल्बमका कलाकारहरुमा जीबी चिरान, डि–आर सुजन र निशा विश्वकर्मा रहेका छन् । तनहुँको भानुनगरपालिका–१२ कवाचितमा जन्मघर भएका गायककार विश्वकर्मा विसं ०७० साल देखि कलाकारीता क्षेत्रमा पाइला चालेका युवा गायककार सानै उमेर देखि कला संगीत क्षेत्रमा खुब रुचि राख्दथे ।
- करिब सात बर्षको अवधिमा ‘तिमीलाई सम्झी रुन्न’ , ‘बिषै पिएर’ लगाएतका गीति एल्बम रिलिज भैसकेको छ । गायक बिश्वकर्मले देबि घर्ति, शान्ति श्री परीयार , ज्योति मगर लगाएतका चर्चित कलाकारहरुसंग गित गाईसकेका छन । यस गीतमा मगरनी युवती राम्रो गुणगान गरिएको छ । उक्त गीति एल्बमले आमनागरिकको मन सजिलै जित्न सक्ने बिश्वास लिएको गायककार आर–सि विश्वकर्माको रहेको छ । झण्डै एक दशकको कलाकारिता संगै नाउँ र दाम कमाउने लक्ष्यका साथ आफ्नो यात्रालाई निरन्तर रुपमा अघि बढाउँदै आएका छन् ।

Like