१४ जना गुरुङ समाजसेवीहरु पोखरामा सम्मानित

Share to:
  – अन्जनराज न्यौपाने ,गण्डकी प्रदेश पोखरा        च्यु ल्हो(मुसा वर्ग)को बिदाइ र ल्वों ल्हो(गाई वर्ग)स्वागतार्थ पोखरा ९ नयाँ बजारमा १४ जना गुरुङ समाजसेवीहरु एक कार्यक्रमका बीच सम्मानित भएका छन। तमु धिं मा आयोजित कार्यक्रमको ल्होछार कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले ल्होकोर अनावरण गरि उद्घाटन गरेका हुन्।
गुरुङ जातिको महान चाड, नयाँवर्ष तमु ल्होछार २०७७ तमु धिं नेपालले  शुभकामना आदानप्रदान, सम्मान, पुरस्कार, छात्रवृत्ति वितरण, साँस्कृतिक कार्यक्रम र चियापान कार्यक्रम गरी मनाईएको थियोे भने
        आयोजित कार्यक्रममा डा.हर्क–चन्द्र–सन्त स्मृति उच्च शिक्षा पुरस्कार अधिवक्ता जुनाकुमारी तमु(एलएलएम)लाई पुरस्कृत, सन्तबहादुर तमु समाज सेवा सम्मान स्मृति पुरस्कारबाट समाजसेवी नागबेली तमु समाजकी हिरादेवी तमु, तमु धिं नेपाल आदिवासी हर्कबहादुर तमु स्मृति पुरस्कारबाट वरिष्ठ लोकगायक अमर बिरही तमु, समाजसेवी पौरखी नेपालका निवर्तमान अध्यक्ष मञ्जु गुरुङ पुरस्कृत र समाजसेवा सम्मानबाट एनआरएन हङकङका अध्यक्ष राधिका(टिका) तमु, भाषा, कला साहित्य सम्मानबाट गितकार, संगीतकार, लेखक एकेन्द्र तमु(युके)लाई सम्मान गरिएको छ।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङबाट १४ जना गुरुङ समाजसेवीहरु सम्मानित पोखरा -९ नयाँ बजार कास्की
Like