पशुपति अन्नपुर्णा आश्रमको निर्वाचित पदाधिकारी प्रमाणपत्र वितरण सम्पन्न
रासंसा/काठमाण्डौ पशुपति अन्नपुर्णा आश्रमको निर्वाचित पदाधिकारी प्रमाणपत्र वितरण सम्पन्न भएको छ । गत श्रावणमा भएको साधारण सभाबाट निर्वाचित पदाधिकारीहरुलाई निर्वाचित प्रमाणपत्रका साथै प्रमुख संरक्षक केन्द्रिय संरक्षक र समिति संरक्षकहरुलाई निर्वाचित प्रमाणपत्र तथा मनोनित प्रमाणपत्र निर्वाचित पदाधिकारी तथा मनोनित संरक्षकहरुलाई सो प्रमाणपत्र वितरण गरिएको हो ।
आश्रमका केन्द्रिय अध्यक्षको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख संरक्षक राष्ट्रिय समाजसेवी प्रा. डा. जगदीश वैद्य केन्द्रिय संरक्षक द्वय प्रा. डा. लवप्रसाद त्रिपाठी र सार्वजनिक यातायात केन्द्रिय महासंघका केन्द्रिय अध्यक्ष होम प्रसाद अधिकारी धार्मिक समिति संरक्षक धन बहादुर श्रेष्ठ मानव धर्म समितिका संरक्षक श्याम सुन्दर अग्रवाललाई रुद्राक्ष माला लगाई आश्रमको लोगो अंकित ब्याच लगाइदिएर प्रमाणपत्र प्रदान गरिएको थियो ।
केन्द्रिय संरक्षक प्रा.डा. लवप्रसाद त्रिपाठीलाई केन्द्रिय अध्यक्ष के. बि. सम्राटले सो मनोनित संरक्षक प्रमाणपत्र प्रदान गर्नुभएको थियोभने केन्द्रिय संरक्षक प्रा.डा. लवप्रसाद त्रिपाठीले अर्का केन्द्रिय संरक्षक होम प्रसाद अधिकारीलाई मनोनित प्रमाणपत्र प्रदान गरिएको थियो । यस्तै संरक्षक प्रा.डा. लवप्रसाद त्रिपाठीले केन्द्रिय अध्यक्ष के. बि. सम्राटलाई अध्यक्षको निर्वाचित प्रमाणपत्र प्रदान गरिएको थियो ।
केन्द्रिय संरक्षक तथा समितिका संरक्षकले अन्य अरु केन्द्रिय पदाधिकारीहरुलाई निर्वाचित प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा उपस्थित पदाधिकारीहरुमा महासचिव गुणराज दाहाल, कोषाध्यक्ष राजेन्द्रमान डंगोल, सदस्य माता भद्रकाली, र करुणा मैनाली थिए । अरु अन्य पदाधिकारीहरु घरायसी तथा कोरोनf भैरसको त्रासले उपस्थित भएका थिएनन । यस्तै प्रमुख संरक्षक राष्ट्रिय समाजसेवी प्रा.डा. जगदीश बैद्य नेपाल बैंक लिमिटेडको बैठकको व्यस्तताले उपस्थित हुन नसकेको कार्यालय सचिव नवराज सेढाइले बताउनुभयो ।
कार्यक्रममा कार्यालय सचिव नवराज सधैलाई र सदस्य सोमनाथ बुर्लकोटिलाई गत आश्विन १९ गते पर्साको बिरगंज महानगरपालिका वडा २२ मा भएको सपथग्रहण तथा रक्तदान कार्यक्रममा सक्दो शारीरिक सहयोग गरेकोमा सम्मान गर्दै सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा मानव धारमा समितिका संरक्षक श्याम सुन्दर अग्रवालले पशुपति अन्नपुर्णा आश्रमको मानव सेवा समितिको संरक्षकमा पदमा मनोनित गरि समितिको संरक्षक प्रमाणपत्र दिएकोमा खुशी ब्यक्त गर्दै महत्वपूर्ण चाद्पर्वाहरुको शुभकामना दिनुभयो । धार्मिक समितिका धन बहादुर श्रेष्ठले शुभकामना मन्तब्य ब्यक्त गर्दै हाम्रो धर्म संस्कृतिमाथि प्रहर गर्ने र देशलाई यो अवस्थामा पर्याउने राजनीतिक खेलले गरेकोमा दुख ब्यक्त गर्नुभयो ।
कार्यक्रममा केन्द्रिय संरक्षक सार्वजनिक यातायात केन्द्रिय महासंघका केन्द्रिय अध्यक्ष होम प्रसाद अधिकारीले शुभकामना ब्यक्त गर्दै कोभिड १९ कोरोन भैरसले गर्दा सार्वजनिक यातायात अब बन्द हुने स्थितिमा छ तर सरकारले यसको विषयमा गम्भीर रुपले सोचेको चाइना भनि दुख ब्यक्त गर्नुभयो । केन्द्रिय संरक्षक प्रा. डा. लब प्रसाद त्रिपाठीले केन्द्रिय अध्यक्ष के. बि. सम्राटलाई कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिदैं विश्वमा पशुपति अन्नपुर्णा आश्रम जसो पबित्र संस्था अरु कहीं नभएको बताउदै हामि सबैले यस संस्थालाई संरक्षण तथा सम्बर्दन गर्न आफुले सकेको दान तथा योगदान गर्न आग्रह गर्नुभयो । सभापतिको आसनबाट केन्द्रिय अध्यक्ष के. बि. सम्राटले बिरगंजमा भएको कार्यक्रमको स्मरण दिलाउदै पशुपति अन्नपुर्णा आश्रम विधिवत रुपमा नविकरण भै विधान सम्मत हामी सबै लाग्नुपर्ने बताउदै सबै किसिमका पदाधिकारीहरुलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा नजिकिदै गरेको शुभ दीपावली शुभ छैठ भिन्तुना तथा नेपाल सम्बत ११४१ को पावन अवसरमा देश विदेशमा रहेका सबै नेपालीहरुमा सुख शान्ति सम्रिद्दी सुस्वास्थ्य दिर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गर्दै कार्यक्रम गर्न हाल उपलब्ध गरेर कार्यक्रम सम्पन्न गर्न सहयोग पुर्याएकोमा कैलाश कुटी होटललाई तथा कार्यक्रममा सहयोगीलाई धन्यवाद दिनुभएको थियो ।
कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय सहकोषाध्यक्ष तथा साइकल यात्री लक्ष्मी श्रेष्ठलाई पशुपति अन्नपुर्णा आश्रमको लोगो अंकित ब्याच तथा स्वतन्त्र पत्रकार संघ नेपालको प्रेस ज्याकेट प्रदान गर्नुभएको थियो । कार्यक्रम महासचिव गुणराज दाहालले सौहार्द वातावरणमा सबय र भय रुपमा संचालन गर्नुभएको थियो ।