Saturday, October 17, 2026
Latest:
अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

आलम कुनै हालतमा कांग्रेसबाट उम्मेदवार बन्दैनन् – गगन थापा

Share to:

राजधानी समाचारदाता
भदौ १७, २०७९
रासंसा/काठमाण्डौ, भाद्र १७,

मुलुकमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कारागारमा रहेका कांग्रेस नेता अफताब आलमलाई प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा सांसदको उम्मेदवार नबनाउने बताएका छन् । महामन्त्री थापाले आफूहरू पार्टीमा रहुन्जेल छाती ठोकेर मैले निर्णय गरेको हुँ भन्ने हैसियत नभएका कुराहरू पार्टीबाट नहुने दाबी गरे । उनले संविधानले वर्जित गरेको काम पार्टीबाट नहुने बताए । शुक्रबार लेखक रामलाल जोशीको आख्यान बाआमा लोकार्पण समारोहलाई सम्बोधन गर्दै थापाले कुनै ठाउँबाट आगामी चुनावका लागि आलम सिफारिस भए पनि कांग्रेसले उम्मेदवार नबनाउनेमा विश्वस्त रहन आग्रह गरेका हुन् । ‘नायनराज दाईले गगन थापाको पार्टीले भन्नुभयो, उहाँ पनि यही पार्टीमा काम गर्नुभएको हो पहिला । संविधानले, विधानले वर्जित गरेको मात्र होइन, नैतिकताको कसीमा राखेर हेर्दा छाती ठोकेर मैले गरेको हो यो निर्णय, हामीले गरेको हो भनेर भन्न नसक्ने कुनै पनि निर्णय हामी भएको ठाउँबाट हाम्रो पार्टीले गर्दैन, यत्ति कुरा म तपाईंलाई आश्वस्त पार्दछु,’ उनले भने । ‘इँटाभट्टामा मान्छे जलाएको अभियोग लागेकालाई कांग्रेसले उम्मेदवार बनाउँदैछ, यसका ’boutमा पनि हामीले कथा लेख्ने दिन आउँदैछ’ भन्ने साहित्यकार नयनराज पाण्डेको अभिव्यक्तिपछि महामन्त्री थापाले नैतिकताको कसीमा राख्दा मैले यो निर्णय गरेको हुँ भन्न नसक्ने निर्णय आफू आबद्ध हुँदासम्म पार्टीबाट नहुने बताएका हुन् ।

Like