ॐ कैलाशको १२ औं साधारणसभा सम्पन्न

Share to:

मिनबहादुर कुंवर/कास्की, माघ १२,

मुलुकमा ॐ कैलाश शिवढुङ्गा शिवशक्ती महापीठधामको १२ औं साधारणसभा धामको कार्यालय पोखरा महानगरपालिका वडा नम्बर २१ स्थित कृस्तीको मन्दिर परिसरमा सम्पन्न भएको छ । धामका अध्यक्ष राजेन्द्र कुमार सुवेदीको सभाध्यक्षमा भएको साधारणसभामा प्रमुख अतिथि ज्येष्ठ नागरिक एवं समाजसेवी डोरीकुमारी ठकुरीको आतिथ्यता थियो । साधारणसभा समारोहमा विशेष अतिथिको आतिथ्यता गुप्तेश्वर महादेव गुफाका संस्थापक अध्यक्ष एवं प्रमुख संरक्षक दैवज्ञ ज्योतिष डा. निरविक्रम पौडेल हुनुहुन्थ्यो । अतिथिहरुमा शिवढुंगा टोल विकास संस्थाका अध्यक्ष एवं संस्थाका पुर्व सचिव खिल बहादुर ठकुरीलगायतका प्रतिष्ठित ब्यक्तित्व थिए । समारोहमा उपस्थित सबै तह पदिय ब्याक्तित्वहरुलाई संस्थाका सहसचिव मीन बहादुर कुंवरले स्वागत मन्तब्यद्वारा स्वागत गर्नुभएको थियो । कार्यक्रम संस्थका महासचिव वरिष्ठ समाजसेवी तथा पत्रकार सहप्राध्यापक डा. के. बि सम्राटले गर्नुभएको व ।

Like