अन्य थपदेशप्रदेश-४ [गण्डकी]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

जिल्ला डोरी तान सघ तनहुँको अध्यक्षमा श्रीकृष्ण निर्वाचित

Share to:

अन्जनराज न्यौपाने/तनहुँ माघ १२,

जिल्ला डोरी तान सघ तनहुँको अध्यक्षमा श्रीकृष्ण निर्वाचित भएका छन। यसैगरी सघको उपाध्यक्षमा नरबहादुर थापा,सचिवमा जगलाल थापा,कोषाध्यक्ष महेष श्रेष्ठ ,उपसचिव ईन्दिरा खण्डका निर्वाचित भएका छन। यसैगरी संघको सदस्यहरुमा क्रमश सन्तोष कडेल,अशिष श्रेष्ठ ,पर्शुराम ढुङ्गाना,ममता राना,अर्जुन पौडेल निर्वाचित भए भने समितिको सल्लाहकारमा क्रमश अमित कैनी,ईमान थापा भिम घले,संतोष श्रेष्ठ राजु खण्डीरहेका छन।
डोरी तान संघ गण्डकी प्रदेशका अध्यक्ष विष्णु पुनले कार्यक्रमको उद्घाटन गर्दै व्याक्तिको lशारीरिक ,मानसिक,नैतिक , स्वस्थ्यकालागि र राष्ट्रकालागि कुनै पनि खेल अनिवार्य भएको बताए । खेलकुदले शारीरिक ,नैतिक चारित्रिक र बौद्धिक पक्षमा प्रत्यक्ष प्रभाव पार्ने भएको दैनिक ब्यायाम ब्याक्तिकालागि अनिवार्य भएको भन्दै सबै खेलाडी निरन्तर लागि पर्न आग्रह गरे। कार्यक्रममा डोरी तान सघका स्याङ्जा जिल्ला अध्यक्ष निजामुदिन मिया लगाएतका वक्ताहरुले
तनहुँका क्रियाशील खेलाडीहरुको सक्रियतामा यश खेलले जिल्ला प्रदेश तथा राष्ट्रिय खेलाडी उत्पादन गर्ने विश्वास गरे।
कार्यक्रम जिल्ला डोरितान सघका नि वर्तमान अध्यक्ष अमित कैनीको सभापतित्वमा सम्पन्न भएको थियोे ।

Like