मनकामना केबलकार आजदेखि तीन दिनका लागि बन्द
रासंसा/काठमान्डौ, आश्विन २९,
मुलुकमा मनकामना केबलकार आजदेखि तीन दिनका लागि बन्द हुने भएको छ। मर्मत सम्भारका लागि भन्दै आजदेखि आगामी कात्तिक १ गतेसम्म मनकामना केबलकार बन्द रहेछ। उनका अनुसार केबलकार कात्तिक २ गतेबाट नियमित सञ्चालनमा आउनेछ। यसअघि विजया दशमीको दिन असोज २६ गते र एकादशीको दिन २७ गते दुई दिन पनि केबलकार बन्द थियो। सोमवार एक दिन भने केबलकार सञ्चालन गरिएको छ। मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने कामका लागि आजदेखि कात्तिक १ गतेसम्म तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए। गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि वि।सं। २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो। केबलकारको प्रवेशद्वार ‘बटम स्टेशन’ भने चितवनको इच्छकामना गाउँपालिका ४ चेरेसमा छ।