श्री पार्वती आधारभूत विद्यालयमा विशेष उत्प्रेरणा तथा अभिमुखीकरण कार्यक्रम भव्य रूपमा सम्पन्न

म्याग्दे गाउँपालिका-४ स्थित श्री पार्वती आधारभूत विद्यालय परिसरमा आयोजित “विशेष उत्प्रेरणा तथा अभिमुखीकरण कार्यक्रम” उत्साहजनक र भव्य सहभागिताका साथ सफलतापूर्वक सम्पन्न भएको छ। प्रमुख उत्प्रेरक श्री राम भक्त घिमिरेको मुख्य सहजीकरणमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अभिभावकहरूलाई व्यावहारिक उत्प्रेरणा (Practical Motivation), स्मरण शक्ति बढाउने वैज्ञानिक सूत्र, र परीक्षाको डर हटाउने उपायहरूबारे अन्तरक्रियात्मक प्रशिक्षण प्रदान गरिएको थियो। साथै, मनको शान्ति तथा एकाग्रताका लागि प्रत्यक्ष ध्यान (Meditation), मोबाइलको सही सदुपयोग, कुलत तथा जङ्क फुडबाट बच्ने उपाय र प्रभावकारी अभिभावकत्व (Parenting Tips) सम्बन्धी उपयोगी ज्ञान आदानप्रदान गरिएको थियो। कार्यक्रमको भव्य समापनसँगै श्री पार्वती आधारभूत विद्यालय परिवारले एक सन्देश जारी गर्दै सम्पूर्णमा कृतज्ञता व्यक्त गरेको छ। विद्यालयले कार्यक्रमलाई प्रभावकारी र ऊर्जाशील बनाइदिनुहुने प्रमुख उत्प्रेरक राम भक्त घिमिरेज्यू, अमूल्य समय दिएर सक्रिय सहभागिता जनाउनुहुने सम्पूर्ण आदरणीय अभिभावक, लगनशील विद्यार्थी, शिक्षक-शिक्षिका तथा प्रत्यक्ष-अप्रत्यक्ष सहयोग पुर्याउनुहुने स्थानीय समुदाय र शुभेच्छुक महानुभावहरूमा हृदयदेखि नै हार्दिक धन्यवाद तथा आभार प्रकट गरेको छ।
