व्यास नगरपालिकाद्वारा तिहार, छठ पर्व लगायत चाडपर्वमा प्लास्टिकका मालाको सट्टा स्थानीय फूल प्रयोग गर्न आग्रह


अन्जनराज न्यौपाने गण्डकी प्रदेश
तनहुँ
दमौली, तनहुँ — व्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालयले नजिकिँदै गरेको तिहार, छठ पर्व लगायत विभिन्न चाडपर्व, धार्मिक तथा सांस्कृतिक कार्यहरूमा प्लास्टिकजन्य कृत्रिम फूलमालाको सट्टा स्थानीय स्तरमै उत्पादित फूलहरूको प्रयोग गर्न सम्पूर्ण नगरवासी, सरकारी तथा गैरसरकारी संघसंस्था, व्यवसायी तथा सरोकारवालाहरूमा हार्दिक अनुरोध गरेको छ।
नगरपालिकाद्वारा प्रवर्द्धित कृषक एवं नगरभित्र पुष्प खेती गर्नुभएका अन्य कृषकहरूद्वारा उत्पादित सयपत्री तथा मखमली फूलको प्रयोगलाई प्रोत्साहन गर्न यो सूचना जारी गरिएको हो। स्थानीय उत्पादनको प्रयोगले स्वदेशी कृषकहरूलाई सहयोग पुग्ने र वातावरण संरक्षणमा समेत टेवा पुग्ने नगरपालिकाले जनाएको छ।
फूल खरिदका लागि कृषक तथा फर्महरूको विवरण:
* चापाघाट कृषि फार्म (विष्णु माया श्रेष्ठ): ठेगाना: व्यास-५, सम्पर्क नं.: ९८६६००१५५२, कैफियत: सयपत्री + मखमली
* कृष कृषि तथा पशु फर्म (तारा देवि श्रेष्ठ): ठेगाना: व्यास-१०, सम्पर्क नं.: ९८०६६८१९३०, कैफियत: सयपत्री
* मानतिरी बर्ड फर्म (मान बहादुर आले): ठेगाना: व्यास-१३, सम्पर्क नं.: ९८०५८४०२०४, कैफियत: सयपत्री + मखमली
* गौरी पण्डित क्षेत्री: ठेगाना: व्यास-४, सम्पर्क नं.: ९८१६६६०८३१, कैफियत: सयपत्री
* टिका माया कैनी: ठेगाना: व्यास-११, सम्पर्क नं.: ९८४६१३७९६९, कैफियत: सयपत्री
* चन्द्रावती कमली: ठेगाना: व्यास-११, सम्पर्क नं.: ९८४६२३६०५७, कैफियत: सयपत्री
* गोमा दाहाल: ठेगाना: व्यास-११, सम्पर्क नं.: ९८४६६२९९८३, कैफियत: सयपत्री
व्यास नगरपालिकाले तिहार र छठ जस्ता चाडपर्वमा प्लास्टिकका मालाको सट्टा स्थानीय स्तरमा उत्पादित सयपत्री र मखमली फूल प्रयोग गर्न विशेष आग्रह गरेको छ। यसो गर्दा हाम्रो वातावरण स्वच्छ रहन्छ र स्थानीय कृषकहरूको मिहिनेतलाई सम्मान मिल्छ। चाडपर्वलाई अझ मर्यादित र प्राकृतिक बनाउन सबैले आफ्नो ठाउँबाट सहयोग गरौँ। स्थानीय स्तरमा फूल उपलब्ध गराउने किसानहरूको विवरण नगरपालिकाको सूचनामा प्रकाशित छ, कृपया उहाँहरूसँग सम्पर्क गरी सेवा लिन सकिने व्यास नगरपालिकाको कार्यालयले जनाएको छ।
