धर्म–संस्कृति/रीतिथितिलेख/रचना

सम्पूर्ण दिदीबहिनीहरु तीज फरक ढङ्गले मनाऔं – संगीता देबकाेटा गिरी

Share to:

सम्पूर्ण दिदीबहिनीहरुमा हार्दिक अपिल

आदरणीय दिदीबहिनीहरु 🙏

यसपटकको तीज हाम्रो लागि फरक होस्।

देशभर बाढी-पहिरोले धेरै दाजुभाइ दिदीबहिनीले घर गुमाउनुभएको छ। धेरैले आफन्त गुमाउनुभएको छ। अहिले हाम्रा धेरै दिदीबहिनीहरु त्रिपालमुनि हुनुहुन्छ।

त्यसैले यो वर्ष एकपटक तीज नमनाऔं*।
दर-खर्चमा जाने पैसा र समय बचत गरौं।

*तीज त फेरि पनि आउँछ, फेरि मजाले मनाऔंला।
तर अहिले देश र जनता अत्यन्तै दुखी भएको बेला हामीलाई रमाइलो सुहाउँदैन।

आउनुस्, यसपटक हामी सबै मिलेर दुखी र पीडितलाई साथ दिउँ।
हाम्रो एउटा दरको पैसाले कसैको एक छाक टार्न सक्छ। कसैको घाउमा मलम बन्न सक्छ।

नाच-गान पछि होला। अहिले प्रार्थना र सहयोगको बेला हो।

हाम्रो सानो त्याग नै आजको सबैभन्दा ठुलो तीज उपहार हुनेछ 🇳🇵

#तीज_नमनाऔं_राहत_दिउं #एकता_को_तीज #PrayForNepal*

संङगिता देबकाेटा गिरी लमजुङ दुधपाेखरी हाल काठमाडौ मनममैजु ७ तार्केस्वाेर

Like