हुलाक कार्यालय तनहुँबाट चार सय ४५ राहदानी वितरण

अन्जनराज न्यौपाने
गण्डकी प्रदेश तनहुँ
तनहुँ, ४ असार
डेढ महिनाकाे अबधिमा जिल्ला हुलाक कार्यालय तनहुँबाट चार सय ४५ राहदानी वितरण गरिएको छ ।नेपाल सरकारकाे शासकीय सुधार सम्बन्धि १०० बुँदे कार्यक्रमकाे बुँदा नं २७ मा उल्लेख भएकाे सरकारी हुलाक सेवालाई कुरियर सर्भिसकाे रूपमा विकास गर्ने कार्यक्रम अन्तर्गत जिल्ला हुलाक कार्यालय तनहुँले उक्त संख्यामा घरघरमै पुगेर राहदानी वितरण गरेकाे हाे ।
डेढ महिनाकाे अबधिमा कार्यालयमा ६ सय २६ राहदानी आएकाेमा ९८ राहदानी वितरणकाे प्रक्रियामा छ भने ८३ राहदानी जिल्ला प्रशासन कार्यालयमा फिर्ता भएकाे छ । बजार क्षेत्र र जिल्ला बाहिर रहेका व्यक्ति कार्यालयमै आएर राहदानी लिने गरेकाे र ग्रामिण क्षेत्रका व्यक्तिलाई भने घरमै नागरिकता पुर्याउने गरिएकाे जिल्ला हुलाक कार्यालय तनहुँका प्रमुख शिरिष उपाध्याय जानकारी दिए । ग्रामिण क्षेत्रका स्थानीयलाई कार्यक्रमले निकै राहत पुगेको उपाध्यायले बताए ।
